अभिनेत्री स्वस्तिमा खडकाको खुलासा “बिवाहको भोलीपल्ट महिनावारी भएं, श्रीमानकै सहमतीमा संगै सुतियो”
काठमाण्डौं । पुस ७ । अभिनेत्री स्वस्तिमा खड्काले महिनावारी सामाजीक बिकृति रहेको बताँउदै आफुले त्यसलाई सानै देखि अस्वीकार गदै आएको बताएकी छन् ।
खडकाले आफुले महिनावारीको बेलामा भाइटीका लगाउने देखि मन्दीर समेत गएको खुलासा गरिन ।

आमा धर्मकर्ममा सचेत भएकाले स्वस्तिमा महिनावारीका कुरा नगरी मन्दिर जाने गरेको बताइन् । महिनावारीलाई अस्वीकार गदै स्वस्तीमा भन्छीन “एकपटकको कुरा, भाइटीका नजिकिँदै थियो त्योसँगै मेरो महिनावारी हुने समय आएको थियो भाइटीकाकै दिन महिनावारी भएँ । टीका लगाउन नपाउने चिन्ताले मैले कसैलाई थाहै नदिई सबै काम सकियो।”
महिनावारीमा दाजुभाइ वा बुवालाई छोएमा उनीहरू बिरामी हुने कुरा अन्धविश्वास मात्र रहेको उनले त्यही बेला प्रमाणित गरिन्। बिस्तारै महिनावारी सम्बन्धित अन्य कुचलनविरूद्ध उनले यसरी नै पाइला चालिन्।
बिहेको भोलिपल्ट महिनावारी भएका कारण श्रीमानसँग सुत्न रोक लगाइएको घटना स्वस्तिमालाई अझै याद छ । नौलो घर र नयाँ परिवारबीच एक्लै प्रतिवाद गर्न उनले सकिनन्। उनलाई कसैको समर्थनको जरूरी थियो र ती व्यक्ति उनकै श्रीमान बने। भन्छिन, ’घरमा सबैले बार्ने कुरा गर्दा निश्चलले यसको विरूद्धमा बोल्नुभयो। त्यस दिनदेखि बार्ने चलन मान्नुपरेको छैन।’

महिनावारीका सामाजिक समस्याका साथै शारीरिक र मानसिक समस्या पनि हुन्छन्। पेट, कम्मर दुख्नेदेखि मुड खराब हुने लगायतका समस्यालाई ’पिएमएस’ अर्थात् ’प्रि–मेन्सट्रुअल सिन्ड्रम’ भनिन्छ । महिनावारी सामान्य प्राकृतिक नियम मान्ने स्वस्तिमा अरूलाई पनि त्यही मानसिकता राख्न सुझाउँछिन्। सरसफाइ र स्वास्थ्यका नाममा महिनावारी बार्न लगाइएको कुरामा उनी सहमत छैनन्। ’महिनावारीजस्तो सामान्य विषयलाई धर्मकर्मसँग जोडेर धेरै दबाब दिएर सोच्नैपर्दैन,’ स्वस्तिमा भन्छिन, ’यो प्राकृतिक प्रक्रिया मात्र हो भन्ने ज्ञान सबैमा र्पुयाउन अत्यावश्यक छ। यसका लागि फिल्म क्षेत्रले पनि महिनावारीसम्बन्धी जानकारीमूलक फिल्म बनाएर सहयोग गर्नसक्छ।’