उर्लाबारी माघ २९। मोरङको उर्लाबारीमा महाशिवरात्रिको अवसरमा फागुन ९ गते ‘बृहत साँगीतिक साँझ’ आयोजना गरिने भएको छ । यु युथ्स अफ उर्लाबारीको आयोजनामा होटेल सिंघिम परिसरमा हुने उक्त साँगीतिक कार्यक्रममा चर्चित गायक डम्बर नेपाली र निशान भट्टराईको आकर्षक प्रस्तुति रहने कार्यक्रम संयोजक तथा सञ्चारकर्मी किशोर श्रेष्ठले बताएका छन् । ‘उर्लाबारीलाई साँगीतिक उर्भरभुमीको रुपमा देशविदेशमै चिनाउन सफल डम्बर र निशानलाई बिशेष सम्मान गरिने भएको छ’उनले भने, यो सम्मानले उहाँहरुको साँगीतिक उचाईमा थप टेवा पुग्ने हामीले विश्वास लिएका छौ ।’