काठमाण्डौं । चैत १ । नेपालको हाँस्यव्यङग्य क्षेत्रको एकमात्र रियालीटी सो कमिडि च्याम्पीयनको बिजेता धादिङका हिमेश पन्त बिजयी बनेका छन् ।
काठमाण्डौंको च्यासलमा भएको ग्राण्ड फिनालीयोमा उत्कृष्ट ३ मा पर्न सफल पन्त पहिलो कमिडि च्याम्पीयन बनेका हुन् ।
च्यापीयन बिजेता पन्तले नगद रु २५ लाख, गाडी र विश्व भ्रमणको अवसर समेत पाएका छन् । कमिडि च्याम्पीयनको ८० प्रतियोगीहरुलाई पछि पादै रोल्पाका खडगबहादुर पुनमगर, धादिङका हिमेश पन्त र सुनसरीका सुमन कोइराला उत्कृष्ट तिन मा पर्न सफल भएका थिए । उत्कृष्ट तिनमा पर्न सफल प्रतियोगिहरुलाई आयोजकले विश्व भ्रमणमा लैजाने जनाएको छ ।