May 18, 2020
नेपाल प्रहरीका ६० इन्सपेक्टरको डिएसपी बढुवामा सिफारीस, को को परे बढुवामा ?
रबिन थपलिया । काठमाण्डौं । जेष्ठ ५ । नेपाल प्रहरीका ६० इन्सपेक्टर डिएसपी बढुवाको सिफारीसमा परेका छन् । प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले उनिहरुलाई बढुवाको लागि गृहमन्त्रालयलाई सिफारीस गरेको हो । बढुवाको लागि बढुवा सुचिको पहिलो नम्बरमा पृथ्वी नारायण ओली रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत ओलीले ९२.९१ प्रतिशत अंक सहित सुचिको पहिलो नम्बरमा परेका हुन् । बढुवा सिफारीसको अन्तीममा प्रहरी प्रधान कार्यालयमा कार्यरत खर्ग नारायण शाह रहेका छन् । उनी ८७.६० अंक सहित सिफारीसमा परेका हुन् ।