काठमाण्डौं । जेष्ठ ५ । नेपाल प्रहरी इन्सपेक्टर रबिराज थपलिया डिएसपी बढुवाको लागि सिफारीस भएका छन् । नुवाकोटको लिखु गाँउपालीका घर भई काठमाण्डौंको टोखा नगरपालीकामा बसोबास गदै आउनुभएका थपलिया सहित नेपाल प्रहरीका ६० इन्सपेक्टर डिएसपी बढुवाका लागि सिफारीस भएका हुन् ।
प्रहरी प्रधान कार्यालय बढुवा समितिले सचिवालयले गरेको सिफारीसमा थपलिया २९ नम्बरमा सिफारीस भएका छन् । उनले ९१.२१ प्रतिशत अंक प्राप्त गरी बढुवामा सिफारीस भएका हुन् ।
हाल महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा कार्यरत थपलिया अपराध नियन्त्रणमा नेपाल प्रहरीका सपल अधिकृतका रुपमा परिचित छन् । बाह्य प्रभावमा भन्दा प्रहरी कर्ममा विश्वास गर्ने थपलिया कार्यसम्पादनमा उत्कृष्ट रहेपनि यस अघि भएको डिएसपी बढुवामा छुटेका थिए । बढुवाका लागि सिफारीस भएका थपलियालाई शिवपुरी मिडिया नेटवर्क प्रा.लि, सगरमाथा पोष्ट डट कम, अग्निवाँण पाक्षिक पत्रिकाको तर्फबाट बधाई र कार्यकालको सफलताको कामना ।