काठमाण्डौंमा आर्कषक मानिएका बृत्तका प्रमुखहरु सहित ८४ डिएसपीहरुको सरुवा, को कहाँ सरुवा ?
रबिन थपलिया । काठमाण्डौं । जेष्ठ १४ । प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीका ८४ डिएसपीहरुको सरुवा गरेको छ । जसअनुसार काठमाण्डौंका आर्कषक मानिएका बृत्तका प्रहरी प्रमुख देखि जिल्ला प्रहरी कार्यालयका डिएसपीहरु परिवर्तन भएका छन् ।
काठमाण्डौंका आर्कषक मानिएका बृत्तहरु क्रमश महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा रोशन खडका, सिंहदरबारमा हरी बहादुर बस्नेत, गौसाला जितेन्द्र कुमार बस्नेत, बानेश्वरमा दक्ष कुमार बस्नेत, बौद्धमा नबिन कार्की, स्वयम्भु निरञ्जनद्धत्त भट्ट, ठिमिमा ऋषिराम कडेल, मालीगाँउमा खुमलाल भुसाल, किर्तिपुरमा रुपेश तण्डुकारलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै २० जिल्लाका जिल्ला प्रहरी कार्यालयहरुका डिएसपीहरुको पनि परिवर्तन भएको छ । जस अनुसार जिल्ला प्रहरी कार्यालयहरु काठमाण्डौं राजेन्द्र कुमार केसी, हुम्ला सुर्य प्रकाश सुवेदी, भोजपुरमा कृष्ण कुमार चन्द, ताप्लेजुंगमा गंगा बहादुर थापा, उदयपुरमा गोबिन्द पुरी, सोलुखुम्बु टेकेन्द्र इवा लिम्बु, मुस्ताङ नविन कृष्ण भण्डारी, संखुवासभामा नवराज मल्ल, बैतडी नारायणप्रसाद अधिकारी, खोटाङ नारायणप्रसाद चिमोरीया, दार्चुला पवन बहादुर बिष्ट, महोत्तरी प्रकाश बिष्ट, पश्चीम नवलपरासी भरत बहादुर बिक, रौतहटमा भरत श्रेष्ठ, र्सलाही मदन कुवर,ताप्लेजुंग महेन्दं कुमार श्रेष्ठ, अर्घाखाँची माधबप्रसाद बुढाथोकी, सुर्खोत रामप्रसाद घर्तिमगर, इलाम लालध्वज सुवेदी, पर्वत विश्वराज अधिकारीलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डा तपन कुमार दाहाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा गरिएको छ ।