सेना/ प्रहरी/ शशस्त्र समाचार
Jun 08, 2020
सशस्त्र प्रहरीद्वारा हवाई फायर
काठमाण्र्डां । जेष्ठ २६ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहिया नाकामा हिजो साँझ स्थानीयवासीले सशस्त्र प्रहरीलाई ढुङ्गामुढा गरेपछि  जवाफमा प्रहरीले हवाई फायर गरेको छ । 
स्थिति नियन्त्रणमा लिन हवाई फायर भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनुभयो । भारतीय बजारबाट मल भित्र्याउन रोक लगाएको बहानामा सीमा क्षेत्रमा जम्मा भएका स्थानीयवासीले काममा खटिएका प्रहरीको टोलीमाथि ढुङ्गा र गुलेलीले आक्रमण गरेपछि चार राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिनुभयो । 
घटनामा ६  सशस्त्र प्रहरी घाइते भएका छन् । तिनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको  बताइएको छ ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video