सेना/ प्रहरी/ शशस्त्र समाचार
Jun 12, 2020
छातीमा गोली लागेको अवस्थामा सैनीकको सव भेटीयो
काठमाण्डौं । जेष्ठ ३० । काठमाडौँको वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत सेनाका प्यूठ आज मृत फेला परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले छातीमा गोली लागेको अवस्थामा सेनाका प्यूठ डम्बर विष्ट मृत फेला परेको जानकारी दिनुभयो । घटना गएराति भएको हो । ज्ञवालीले प्रारम्भिक अनुसन्धानमा उनको आफ्नै हतियारबाट गोली लागेको देखिएको जानकारी दिनुभयो । 

आत्महत्या गरेको जस्तो देखिए पनि घटनाको अनुसन्धानपछि मात्रै एकिन जानकारी आउने प्रहरीले जनाएको छ । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । अघिल्लो महिना स्वयम्भूमा एक प्रहरी पनि यसैगरी गोली लागेको अवस्थामा मृत फेला परेका थिए । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video