काठमाण्डौं । असार ३१ । नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरिक्षक (डिआइजी) एआइजीमा बढुवा सिफारीस भएका छन् ।
गृह मन्त्रालयका सचिब महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले प्रहरी नायब महानिरिक्षक (डिआइजी)द्धय प्रधुम्न कार्की र निरज शाहीलाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) बढुवामा सिफारिस गरेको हो ।

प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) शैलेश थापा क्षेत्रीको आईजीपीमा बढुवा र एआईजी तारणीप्रसाद लम्सालको ३० वर्षे सेवा हदका कारण अवकाश पाए संगै दुई पद रिक्त रहेको थियो । बढुवा सिफारीस भएका दुई डिआइजी आइजी शैलेश थापाका व्याजी हुन् ।
डिआइजी बढुवामा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख विश्वराज पोख्रेलको नाम समेत चर्चामा रहेको थियो ।