कृषि/प्रविधि
Aug 02, 2020
अहिलेसम्म कृषकले पाएनन् युरियामल
चितवन, साउन  १८ चितवनमा युरियामलको चरम अभाव भएको छ । साउन महिनाको आधा समय सकिँदासमेत धानका लागि कृषकले मल पाउन सकेका छैनन् । घण्टौँसम्म लाइन बस्दा डिएपी र पोटास मलपाए पनि युरिया मल पाउन नसकेको उनीहरुले गुनासो गरेका छन् । माडी नगरपालिका–७ का कृषक चन्द्रप्रसाद काफ्लेले भरतपुरमा सबैतिर चहार्दा युरियामल पाउन नसकेको गुनासो गर्नुभयो । युरियामल जिल्लाका कुनै पनि स्थानमा पु¥याउन नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय भरतपुरका प्रमुख रवीन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार धानखेतीका लागि मात्र जिल्लामा युरिया, पोटास र डिएपी गरी १५ हजार मेट्रिक टन मल माग भएको छ । तर अहिले साल्ट टे«डिङ र आफूहरुसँग युरियामल नभएको उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लामा युरियामल मात्र तत्काल तीन हजार मेट्रिक टन आवश्यक छ । लकडाउनका कारण आपूर्ति असहज हुँदा पर्याप्त मात्रामा मल उपलव्ध गराउन नसकिएकोे कम्पनीले जनाएको छ । कम्पनीले गत वर्ष १० हजार मेट्रिक टन युरिया, पाँच हजार मेट्रिक टन डिएपी र एक हजार ५०० मेट्रिक टन पोटास बिक्री गरेको थियो । साल्ट ट्रेडिङले तीन हजार मेट्रिक टन युरियामल बिक्री गरेको थियो । अहिले दुवै संस्थामा मल नभएको प्रमुख गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “धान रोप्ने समयमा नभए पनि गोड्ने समयसम्म आउँछ कि भनेको त्यो पनि बाटो कुर्नु मात्र भयो ।” लकडाउनले आउनुपर्ने मल रोकिएको हो । लकडाउन खुलेसँगै आपूर्ति सहज भए पनि मल आउन अझै समय लाग्ने उहाँको भनाइ छ । जिल्लामा बर्खेधान २७ हजार ७३५ हेक्टर र चैतेधान छ हजार हेक्टर क्षेत्रफलमा लगाइँदै आएको छ । बर्खेधान लगाउने समयमा मल नपाएपछि कृषक चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले मल अभाव अझै केही समय हुने बताउनुभयो । मल हाल्ने समय भए पनि युरियामल उपलब्ध नहुँदा विकल्पका रूपमा चिनी मल प्रयोग गर्न सकिने उहाँले जानकारी दिनुभयो । अनुदानमा आउने मल सहकारीमार्फत र अनुदान नपाउने मल निजी क्षेत्रमार्फत बिक्री गर्ने गरिन्छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video