सेना/ प्रहरी/ शशस्त्र समाचार
Aug 13, 2020
ज्यानमार्ने उद्योगमा पक्राउ परेकालाई छुटाईदिन्छु भनि रकम लिने नुवाकोट शिवपुरीका युवक पक्राउ
काठमाण्डौं । साउन २९ । ज्यान मार्ने उधोग सम्बन्धी कसुर मुद्धामा म्याद थप भई अनुसन्धानको क्रममा रहेका प्रतिबादीहरुको आफन्तहरुसंग मुद्धा मिलाई दिन्छु भनि रकम माग गर्ने नुवाकोट शिवपुरीका एक युवक पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउंपालिका वडा नं. ३ घर भई हाल जिल्ला काठमाण्डौ टोखा क्षेत्रमा बस्ने बर्ष ३० को श्याम तामाङ रहेका छन् । 
तामाङले महानगरीय प्रहरी वृत्त महाराजगंजले ज्यान मार्ने उद्योगमा पक्राउ परेका एक अभियुक्तका आफन्तासंग छुटाईदिने भन्दै १ लाख रुपयाँ माग गरेका थिए । 
निज तामाङलाई काठमाण्डौ महानगरपालिका वडा नं. ३ महाराजगंज चोकबाट पक्राउ गरि म्याद थप भई आबश्यक अनुसन्धान भईरहेको महाराजगञ्ज प्रहरीले बताएको छ  ।
प्रहरी बृत्त महाराजगञ्जले बिज्ञप्ती निकाल्दै भनेको छ हाल यस्ता किसिमका बिचौलियाहरुको बिगबिगी बढिरहेको हुंदा जो कोहिले पनि मेरो मान्छे प्रहरीमा छ , मैले प्रहरीलाई चिनेको छु, भनि यावत बाहानामा ठगि गरिरहेको हुन सक्ने हुंदा कोही कसैले त्यस्तो प्रलोभन देखाएमा प्रहरीको सम्पर्क नं. १०० , यस महानगरीय प्रहरी वृत्त महाराजगंजको सम्पर्क नं. ९८५१२८३००७ वा कार्यालय प्रमुखको सम्पर्क नं. ९८५१२८४००७ मा सम्पर्क गर्न हुन अनुरोध ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video