सेना/ प्रहरी/ शशस्त्र समाचार
Aug 15, 2020
युवकको हत्या
काठमाण्डौं । साउन ३१ । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका –७ का एक युवकको हत्या गरिएको छ । बिहीबार साँझ स्थानीयवासी २१ वर्षीय गुनराज यादवको धरिलो हतियार प्रहार गरी हत्या गरेर सुनसरी खोलामा फ्याँिकएको अवस्थामा आज शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 
यादवलाई हत्या गरेर हातखुट्टा डोरीले शव बाँधेर बोराभित्र ढुङ्गा राखेर फ्याँकेको अवस्थामा इनरुवा –९ र भोक्राहा नरसिंह गाउँपालिका–५ को सीमामा रहेको सुनसरी खोलामा फ्याँकिएको अवस्थामा फेला परेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो ।  हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video