सेना/ प्रहरी/ शशस्त्र समाचार
Aug 23, 2020
खाद्यान्न भनेर मदिरा ओसार्ने पक्राउ
काठमाण्डौं । भाद्र ७ ।  निषेधाज्ञाका समयमा तनहुँमा अत्यावश्यक वस्तुका नाममा मदिराको कारोबार गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दिपुर–१ डुम्रेस्थित भट्ट किराना पसलका सञ्चालक नन्दलाल भट्ट  छन् । डुम्रेबाट मदिरा लैजाने क्रममा उनलाई भानु नगरपालिका–१३ चन्द्रावतीबाट प्रहरीले पक्राउ गरेको हो । 

खाद्यान्न भन्दै मदिराको कारोबार गरेको खुलेपछि सवारी साधनसहित उनलाई पक्राउ गरिएको चन्द्रवती प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामबहादुर गुरुङले जानकारी दिनुभयो । आवश्यक कानूनी कारवाहीका लागि सवारी साधनसहित भट्टलाई इलाका प्रहरी कार्यालय डुम्रेमा पठाइएको उहाँले बताउनुभयो । आज शनिबार परेकाले कानूनी कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय दमौलीमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।
 
भानु नगरपालिकामा कोरोनाको सङ्क्रमण समुदायस्तरमा फैलिएको र अझै पनि जोखिम कायमै रहेको भन्दै सरकारले यही भदौ १ गतेदेखि निषेधाज्ञा गरेको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video