राजनीति
Aug 23, 2020
पुर्वप्रधानमन्त्री माधब नेपालका पिएसओ सहित सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण
 काठमाण्डौं । भाद्र ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका नौ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पिसीआर परीक्षण गराउँदा एक जना निजी सुरक्षाकर्मी (पिएसओ) र अन्य घर र गाडीको पछुवामा खटिएका आठ जनामा सङ्क्रमण देखिएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानाकारी दिनुभयो । 

उहाँका अनुसार वरिष्ठ नेता नेपालले पनि ती सुरक्षाकर्मीसँगै पिसीआर परीक्षण गराउनुभएको थियो भने उहाँमा सङ्क्रमण देखिएन । उनीहरु सबैको शुक्रबार रिर्पोट आएको हो । सङ्क्रमण देखिएपछि उहाँका सुरक्षाकर्मी आइसोलेसनमा छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video