स्थानीय सरकार
Aug 25, 2020
कोरोना महामारीका बिच धादिङको गजुरी गाँउपालीकाको सातौं गाँउसभा, ७७ करोड ६३ लाख बढीको बजेट सार्वजनीक
रबिन थपलिया । काठमाण्डौं । भाद्र ९ । कोरोनाको महामारीको बिच धादिङको गजुरी गाँउपालीकाको सातौं गाँउसभा सम्पन्न भएको छ । 
असार मसान्त सम्म गरिसक्नुपर्ने गाँउसभा गाँउपालीकामा उत्पन्न बिबादका कारण झण्डै डेढ महिना ढिलो गरि हिजोमात्र सम्पन्न भएको हो । गाँउपालीकाको सभाहलमा सोमबार सम्पन्न गाँउसभामा उपाध्यक्ष सिता ढुंगानाले आगामी आर्थीक बर्ष ०७७÷७८ का लागि रु. ७७ करोड ६३ लाख ६१ हजार ५५ को बजेट पेश गरिन् । जस अनुसार चालु तथा कार्यक्रम खर्च सामाजिक सुरक्षा भक्ता सहित ( आन्तरिकस्रोत ,वितिय समानिकारण र ससर्त समेत ) रू.३९ करोड ७९ लाख   ५०  हजार   र पुजीगत खर्च तर्फ रू ३७ करोड ८३ लाख ११ हजार ५५ विनियोजन गरिएको छ । पुंजीगत खर्चबाटै खर्च गर्ने गरी वडा छनौट भई आउने योजना कार्यन्वयनको लागि प्रत्यक वडाको लागि रु. ८० लाखको दरले रु. ६ करोड ४० लाख रुपैया विनियोजन गरीएको छ ।
गाँउपालीकाले सार्वजनीक गरिएको बजेटमा मन्त्रालय गत रुपमा प्राप्त हुने सुनिश्चित नभएको र पटके रुपमा प्राप्त हुने रकम तथा गैर सरकारी संस्थाहरुवाट यस गाउँपालिकामा खर्च गरिने रकम समावेश नगरीएको उल्लेख गरिएको छ । बजेटले केन्द्र, प्रदेश, संसद बिकास कोष बाहेक गाँउपालीकाको आन्तरीक राजस्वावाट व्यवशायीक कर, सेवा शुल्क र दस्तुरको माध्यमवाट रु.१३ करोड ३६ लाख ७५ हजार उठाउने लक्ष्य राखेको छ । 
बजेटले शिक्षा, स्वास्थ्य, खानेपानी विकासका पूर्वाधार, आधुनीक कृषि प्रणालीलाई मुख्य जोड दिएको छ । 
Image may contain: 1 person, sitting, living room, table and indoor

गाँउपालीकाले ल्याएका केहि महत्वपुर्ण कार्यक्रमहरु :

कोरोना भाइरसको कारण गाउँ फर्केका युवा गाउँमै टिकाउनको बजेटले ६० जना उद्यमी ६० युवारोजगार कार्यक्रम ल्याएको छ । जस्का लागि ६० जना युवालाई (५० प्रतिशत महिला सहित) थप १ जना लाई रोजगारी दिने शर्तमा निजको व्यवसायमा रु. ५लाख बराबरको व्याज सहुलियत उपलब्ध गराउन ६० जना उद्यमी ६० युवा रोजगार कार्यक्रमको लागि आबश्यक रकम विनीयोाजन गर्ने व्यवस्था गरिएको उल्लेख गरिएको छ ।
नसर्ने रोगको महामारीका कारण हरेक घरमा उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर जस्ता दिर्घ रोगका विरामीहरुको संख्या असामान्य रुपमा बढ्दै गएकाले स्वस्थ गजुरी अभियान कार्यक्रम संचालन गर्न आवश्यक रकम विनियोजन गरिएको उपाध्यक्ष ढुंगानाले सार्वजनीक गरेको बजेटमा उल्लेख गरिएको छ । 
त्यस्तै कृषि उत्पादनलाई समयमा नै बजारीकरण गर्न “कृषकको उत्पादन सरकारको साथ, उपभोक्ताको पैसा कृषकको हात” भन्ने नाराको साथ सहकारीहरुलाई परिचालन गरि सी.एम.डी.पी परियोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स संचालनमा ल्याउन रु ५ लाख विनियोजन गरिएको छ । 
Image may contain: 2 people, people sitting and indoor
व्यावसायिक कृषि पेशामा जान चाहने व्यक्ति वा फर्मको लागि आवश्यक ज्ञान, सीप र तालिमको व्यवस्था गरी स्थानीय रुपमा गाउँ घरमा उत्पादित विभिन्न घरेलु उत्पादन ( मह, घिउ, गुन्दु्रक, हस्तकलाका सामानहरु) हरु संकलन गरी कोसेली घरको माध्यमबाट विक्री वितरण गरी प्रचार प्रसारको कार्यक्रम संचालन गर्न रु.५ लाख  विनियोजन गरेको छ ।
पशुपालक किसानहरुलाई व्यवसायिक रुपमा लाग्न प्रोत्साहन गर्नका लागि स्थलगत रुपमा पशु प्राविधिक खटाई पशुजन्य तालिम दिई दुधमा आत्मानिर्भर वनाउनका लागि गाई भैसी पालनमा प्रोत्साहन गर्न कृषकको घरमा सुत्केरी भएको गाई भैसी स्याहारका लागि आर्थिक वर्ष २०७६÷७७ को कार्यक्रम निरन्तरताका लागि रु ३५ लाख विनियोजन गरिएको छ ।
आमा र बच्चाको मृत्युदर न्यून गर्न घरमा शून्य सुत्केरी जेरो होम डेलीभरी कार्यक्रमलाई निरन्तरता दिंदै गर्भवती महिलाहरुलाई प्रदान गर्दै आएको दोहोरो एम्बुलेन्स सेवालाई कायम राख्नेसाथै यस कार्यक्रम अन्तर्गतको पूर्व सुत्केरी प्रतिक्षा घरको यस गजुरी प्राथमिक स्वास्थ्य केन्द्रको नाममा रहेको गजुरी स्थित २ रोपनी जग्गामा निर्माण गर्न संघीय सरकारको विशेष अनुदानबाट प्राप्त रु. ५० लाख को व्यवस्था गरिएको छ । आमा र बच्चाको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखी संस्थागत सुत्केरीलाई प्रोत्साहन तथा सहयोग निरन्तरताका लागि निर्वाचनको पहिलो बर्ष देखि सुरु गरेका घरमा सुन्य सुत्केरी कार्यक्रम संचालन गर्न गर्भवतीहरुलाई दोहोरो एम्बुलेन्स सेवा, पुर्व सुत्केरी प्रतिक्षा घर संचालन लगायतको खर्चको लागि रु २० लाख रुपैया विनियोजन गरिएको छ । 
बजेटमा समावेश ९ आर्कषक नाराहरु
१.शिक्षा, स्वास्थ्य, खानेपानी विकासका पूर्वाधार, आधुनीक कृषि प्रणाली समुन्नत गजुरीको आधार 
२.“स्वास्थ्य संस्थामा सरकार  कार्यक्रम”
३.“कृषकको उत्पादन सरकारको साथ, उपभोक्ताको पैसा कृषकको हात”
४.“खोला छेउछाउको गरा, सबै हराभरा”
५.“मेरो घर आँगन मै सफा राख्छु”
६.“फोहोरमा नै छ मोहोर” 
७.समृद्धि र सुखि गजुरी
८.स्वस्थ गजुरी अभियान
९.घरमा शून्य सुत्केरी, जेरो होम डेलीभरी 
Image may contain: 1 person

गत आर्थिक वर्षमा चालु तर्फ ८७ प्रतिशत र पूजीगत तर्फ ५७ प्रतिशत रकम खर्च 

गजुरी गाँउपालीकाले गत आर्थिक वर्षमा चालु तर्फ ८७ प्रतिशत र पूजीगत तर्फ ५७ प्रतिशत रकम खर्च गरेको छ । छैटौ गाउँसभावाट संशोधन सहित गजुरी गाउँपालिकाले चालु आर्थिक वर्षमा संघीय तथा प्रदेश सरकारको वित्तिय समानिकरण अनुदान, शसर्त अनुदान र अन्य विभिन्न मन्त्रालय तथा माननीयज्यूहरुको कोषवाट प्राप्त सहित चालु तथा कार्यक्रम खर्च २८ करोड ८१ लाख ११ हजार ४२७ र पूजीगत खर्च तर्फ २६ करोड १९ लाख ३६ हजार ३६२ गरी कुल जम्मा ५५ करोड ४७ हजार ७८९ को व्यय अनुमान पेश गरिएको थियो । गत आ.ब. मा सडकः नयाँ ट्याक खन्ने कार्य ३० कि.मी., ग्राभेल ६.५ कि.मी. कच्ची नालि ४० कि.मि., आर सि.सि. नालि २ कि.मि निर्माण , हियूम पाईप ५० वटा , मेशिनरी वाल ३०० मिटर र ग्याविन वाल १०० मिटर सिचाई तर्फः ३० हेक्टरमा काम सम्पन्न भएको उल्लेख गरिएको छ । त्यस्तै एकघर एक धाराको आधारमा करिव ३ हजार घरघुरीमा खानेपानी पुगेको छ । ५ वटा वडा कार्यलय भवन मध्ये १ वटा कार्य सम्पन्न भइसकेको र बाकि ४ वटा को ७०% कार्य सम्पन्न भई अन्तीम चरणमा रहेको छ ।

फुडबैक मार्फत ३९ लाख बढी खर्च
गजुरी गाँउपालीकाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र खाद्यान्न वितरणको लागि फुडबैंक मार्फत आ. ब २०७६÷७७ रु ३९२५४६४  खर्च गरेको बजेटमा उल्लेख छ । जस अनुसार ३२०० घरघुरीलाई फुडबैंक मार्फत खाद्यान्न राहात वितरण गरिएको छ । सो खर्चको लागि गाउँपालिकाको चालु खर्च बालमैत्री स्थानिय शासन र स्थानिय विपत व्यवस्थापन कोष शिर्षकबाट रकमान्तर गरिएको हो  । 
राजश्व बृद्धि
गजुरी गाँउपालीकाले कोरोना महामारीको बिचपनि गत आर्थिक बर्षमा आफनो आन्तरीक राजश्वमा बृद्धि हाँसील गरेको छ । राजस्व सुधारका लागि कार्ययोजना तयारी गरी राजस्व वद्धि भई रहेको छ । गत आ.ब.मा मात्र रु १३ करोड बराबरको रकम राजश्व बापत संकलन भएको गाँउपालीकाले जनाएको छ ।
यस अघि गाँउपालीकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले ०७७र७८को नीति तथा कार्यक्रम प्रस्तुत गरेका  थिए । 

गाँउपालीकाकी उपाध्यक्ष सिता ढुंगानाले गाँउसमामा पेश गरिएको यस्तो छ बजेट ( बजेटको पुर्ण पाठ)
Image may contain: Sita Dhungana, standing

गजुरी गाउँपालिकाको सातौ गाउँ सभामा आर्थिक वर्ष २०७७/७८ को लागि गाउँपालिकाका उपाध्यक्षबाट प्रस्तुत बजेट बक्तव्य

सातौं गाउँ सभाको अध्यक्षता गरिरहनु भएका सभाध्यक्ष महोदय, गाउँ सभाका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारी तथा संचार कर्मी मित्रहरु

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संवैधानिक व्यवस्था अनुसार गठित स्थानीय सरकारको यस गरिमामय गाउँसभा समक्ष यस गजुरी गाउँपालिकाको चौथो बजेट प्रस्तुत गर्न गइरहेको छु । गाउँपालिको उपाध्यक्षको हैसियतले आ.ब.०७७÷७८ को बजेट प्रस्तुत गरिरहँदा मूलुकलाई यो अवस्था सम्म ल्याई पु¥याउनको लागि भएका जनआन्दोलनहरुको स्मरण गर्दै आन्दोलनका क्रममा सहादत प्राप्त गर्नु भएका सम्पूर्ण शहिदहरु प्रति भावपूर्ण श्रदान्जली अर्पण गर्न चाहान्छु । साथै यस आन्दोलनमा घाईते भएका सम्र्पूणमा शिघ्रश्वास्थ्य लाभको कामना गर्दछु ।
मुलुक अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले केहि जटिल मोडमा जाने अवस्थामा रहेको छ । कोरोना भाईरसको संक्रमणले विरामी पर्नु भएका सम्पुर्णको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु साथै सम्पुर्ण आमाबुबा दाजुभाई दिदिबहिनीहरुमा सुरक्षित स्वास्थ्य जीवनको कामना गर्दछु ।

व्यवस्था भन्दा व्यवहार र क्षमता ठूलो हो भन्ने तकर्mहरुपनि क्रमश स्थापित हुँदै गएका छन् । यसो हुनुको मुख्य कारण व्यवस्था भित्रका नेतृत्वको क्षमता र कार्यकुशलता नै हो । स्थानीय तहको सरकारले नागरिकका सवैपक्षका आवश्यकता र चाहनालाई पुरागर्ने जिम्मेवारी पाएको छ र जनताको पनि सहजपहुँच हामी माथी छ । यीनै विषयलाई हृदयंगम गर्दैै आर्थिक वर्ष २०७७÷७८ का लागि गाउँसरकारका प्रमुख आदरणीय अध्यक्षज्यूले प्रश्तुत गरी गाउँसभावाट सर्वसम्मत रुपमा पारित नीति तथा कार्यक्रमलाई आधारमानी यो वजेट ल्याएको छु । अध्यक्षज्युबाट प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम सफलीभूत बनाउन यो बजेट मुख्य औजार हुनेमा विश्वस्त छु ।

विकास प्रति नागरिकको व्यग्र प्रतिक्षा छ । समुन्नत नेपाल सवै नेपालीको एकमात्र सपना भएको छ । देश विकास हुन गाउँको विकास आवश्यक छ । संघीयता कार्यान्वय र लोकतन्त्र संस्थागत हुनका लागि आफ्नो गाउँको विकासमा नागरिकहरु प्रत्यक्ष संलग्न हुने अवसरको खोजि गर्ने अभिभारा अहिले स्थानीय तहको निर्वाचित सरकारमा अर्थात हामीलाई आएकोछ ।

सभाध्यक्ष महोदय,

राज्यको पुनर्सरचनासंगै स्थानीय तह निर्माण त भएको छ तर संस्थागत संरचनाहरुको पूर्णताको लागि भौतिक पूर्वाधारको दिगोपना, जनशक्ति व्यवस्थापन, नागरिकका जीवनशैलीमा स्तरउन्नती जस्ता विषयहरु,विकासको क्रममा पछाडि परेका छन् । पछाडी परेका वर्ग तथा समुदायलाई विकासको मूल प्रवाहमा ल्याई विकास निर्माण प्रक्रियामा समुदायको अपनत्व जगाउन, कृषि क्षेत्रको व्यवसायीकरण, विविधिकरणसहित आधुनिकीकरण गरी उत्पादशील क्षेत्रमा लगानी अभिवृद्धि गरी आर्थिक गतिविधिहरुको माध्यमद्धारा रोजगारी सिर्जना गर्ने, सुशासन प्रवद्र्धन गरी सेवा प्रवाहमा प्रभावकारीता कायम गर्ने, पर्यटन क्षेत्रका नयाँ गन्तब्यहरु पहिचान गर्दै पर्यटनलाई आम जनजीवनको अभिन्न अंगको रुपमा विकास तथा प्रवद्र्धन गर्ने कृषि पर्यटनसँग आवद्धता गर्ने, जलवायु अनुकूलन कायम राखी वातावरणीय सन्तुलन कायम राख्ने, भौतिक पूर्वाधारको विकासलाई टीकाउ बनाउने तथा पुर्वाधार विकासकोलागि लगानी बृद्धि गर्न संघ एवं प्रदेश सरकारसँगको समन्वय बढाउने, दातृ निकायहरु आकर्षित गर्न गरेका कामको पारदर्शिता र जबाफदेहिता उल्लेख्य बनाउने, सामाजिक विकासलाई संस्थागत गरी विकासको प्रतिफल हासिल गर्ने एवं आन्तरिक आयलाई दीगो, भरपर्दाे र अनुमानयोग्य बनाउने लगायतको चुनौतिहरु हाम्रा सामु विद्यमान छन् ।

उल्लेखित चुनौतिहरुका बावजुत निर्वाचित जनप्रतिनिधिहरुको वहाली भएको करिब साँढे ३ वर्षको अवधिमास्थानीय कानुनहरुको निर्माण, विभिन्न संस्थागत संरचनाको तयारी, भौतिक पूर्वाधरको विकास, वित्तीय हस्तान्तरण सहित संरचनात्मक परिवर्तन, आन्तरिक आम्दानीको वृद्धि, नागरिकहरुमा आएको उत्साह तथा चेतनाको स्तर, जनप्रतिनिधिहरुको लगनशिलता, जनताको जीवनस्तर तथा विकास प्रतिको प्रतिवद्धता,सूचना र प्रविधिमा आएको विकास एवं जैविक विविधता र पर्यावरणीय अनुकुलता, उत्पादनशील कृषि भूमि, बजार केन्द्रहरुसँगको सहज पहुँच, नवीकरणीय उर्जाकोे प्रचुर सम्भावना, लगायत पर्यटन क्षेत्रको विकासको अवसर आदि सम्भावनाहरु पनि रहेका छन् ।

सभाध्यक्ष महोदय,
यस आर्थिक वर्षको बजेट प्रश्तुत गरिरहँदा गाउँपालिकावाट यस आर्थिक वर्षको लागि पाँचौ तथा छैठौ गाउँसभाले विनियोजन गरेको बजेटवाट हाल सम्म भएको कार्यको संक्षेपमा प्रस्तुत गर्न चाहन्छु ।
गाउँपालिकावाट सेवा प्रवाह र पूर्वाधार विकासका कार्यहरुलाई उपभोक्ता समिति तथा ठेक्का मार्फत तिव्र रुपमा कार्य गर्ने र उपलब्धी देखिने समयमा विश्वव्यापी महामारीका रुपमा कोरोना भाईरस (कोभिड १९) ले हामिलाई हाम्रो जिवनमा र हाम्रा विकासका समग्र गतिविधिलाई प्रत्यक्ष प्रभाव पारयो । यसले गर्दा संघीय सरकार तथा प्रदेश सरकारवाट प्राप्तहुनु पर्ने रकम मध्ये करिव ३ करोड रकम समेत प्राप्त नभएको अवस्था रहयो भने आफ्नो आन्तरिक आयमा समेत यसले प्रभाव पारेको छ । यसले गर्दा गाउँपालिकाका गौरवका आयोजना जुन ठेक्काका माध्यम्वाट शुरुवात गरिएका सडक तथा भवनजस्ता आयोजनाहरुको कार्य पुराहुन सकेन यसले आर्थिक वर्षको अन्तसम्म खर्च गरिसक्नु पर्ने रकम खर्च नगरी फ्रिज गर्नु पर्ने अवस्था आयो जसको कारण हाम्रा कतिपय योजना अधुरा नै रहने अवस्था आएको छ । यसले गर्दा हाम्रो आगामी योजना सम्म प्रत्यक्ष असर पुराएको छ । अर्को तर्फ यस महामारीको रोकथाम, उपचार तथा नियन्त्रणका लागि राहत तथा उद्धारमा समेत खर्च वृद्धि भएको छ । जसले गर्दा आशातित लक्ष हासिल गर्न कठिनाई भएको छ ।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र खाद्यान्न वितरणको लागि फुडबैंक मार्फत आ. ब २०७६÷७७ रु ३९२५४६४ खर्च भएको छ जुन खर्चको लागि गाउँपालिकाको चालु खर्च बालमैत्री स्थानिय शासनर स्थानिय विपत व्यवस्थापन कोष शिर्षकबाट रकमान्तर गरिएको छ ।
छैटौ गाउँसभावाट संशोधन सहित गजुरी गाउँपालिकाले चालु आर्थिक वर्षमासंघीय तथा प्रदेश सरकारको वित्तिय समानिकरण अनुदान, शसर्त अनुदान र अन्य विभिन्न मन्त्रालय तथा माननीयज्यूहरुको कोषवाट प्राप्त सहित चालु तथा कार्यक्रम खर्च २८ करोड ८१ लाख ११ हजार ४२७ र पूजीगत खर्च तर्फ २६ करोड १९ लाख ३६ हजार ३६२ गरी कुल जम्मा ५५ करोड ४७ हजार७८९ को व्यय अनुमान पेश गरेकोमा गत आर्थिक वर्षमा चालु तर्फ ८७प्रतिशत र पूजीगत तर्फ५७प्रतिशत रकम खर्च भएकोछ । यसरी गत आर्थिक वर्षमा गरेको खर्चवाट भएका निम्नानुसार मुख्य उपलब्धीहरु उल्लेखनीय छन्।
मुख्य उपलब्धीहरु
. ५ वटा नयाँ आधारभुत स्वास्थ्य ईकाईका कार्यालय भवन निर्माण भई सवै वडा कार्यालयवाट आधारभूत स्वास्थ्य सेवाको शुरुवात भएको ।
. घरमा शुन्य प्रशुतीको लागि प्रतिक्षा घरसहितको व्यवस्थावाट घरमा सुत्केरीहुने को संख्या नगन्य अवस्थामा आएको छ ।
पूर्वाधार तर्फ गत आ.ब. मा
सडकः नयाँ ट्याक खन्ने कार्य ३० कि.मी., ग्राभेल ६.५ कि.मी. कच्ची नालि४० कि.मि., आर सि.सि. नालि २ कि.मि निर्माण , हियूम पाईप ५० वटा , मेशिनरी वाल ३०० मिटर र ग्याविन वाल १०० मिटर
सिचाई तर्फः ३० हेक्टर
. स्वास्थ्य स्वयंमसेवीकाहरुको सेवा कदर गदै प्रोत्साहनको माध्य्मवाट स्वास्थ्यमा सुधार भएको छ ।
. एकघर एक धाराको आधारमा करिव ३हजार घरघुरीमा खानेपानी पुगेको छ ।
. एक वडा एक खेल मैदान निर्माण भएको छ ।
. ५ वटा वडा कार्यलय भवन मध्ये १ वटा कार्य सम्पन्न भइसकेको र बाकि ४ वटा को ७०% कार्य सम्पन्न भई अन्तीम चरणमा रहेको छ ।
. सवै विद्यालयमा वालविकास कक्षा संचालन सुरु भएको छ ।
. केहि विद्यालयमा विद्युतिय हाजिरी सुरुवात भएको छ ।
. गजुरी मै स्नातोकोत्तर सम्मको कक्षा संचालनमा आएको छ ।
. गुणस्तरीय शिक्षाका लागि वालविकास तर्फ ४६ जना , आधारभुत तह र माध्यमिक तहसम्म ३६ गरी ८२ जना शिक्षकको व्यवस्था गरी पठनपाठन निरन्तर गरिएको छ ।
. राजस्व सुधारका लागि कार्ययोजना तयारी गरी राजस्व वद्धि भई रहेको छ । गत आ.ब.मा मात्र रु १३ करोड बराबरको रकम राजश्व बापत संकलन भएको छ ।
. ३२०० घरघुरीलाई फुडबैंक मार्फत खाद्यान्न राहात वितरण गरिएको छ ।
. गजुरी भन्दा वाहिर स्वदेश तथा विदेशमा रहि कोरोनावाट फर्केकाहरुका लागि क्वारेन्टाईन संचालनमा ल्याईएको छ ।

सभाध्यक्ष महोदय,
अव म यस आर्थिक वर्ष ०७७÷७८को लागि अनुमानीत आयप्रस्तुत गर्न गईरहेको छु । यस आ.ब.०७७÷७८का लागि नेपाल सरकारवाट वित्तीय हस्तान्तरण ऐन अनुसार समानीकरण अनुदान कुल १४ करोड ६६ लाख, राजस्व वाँडफाँडवाट रु. ८ करोड १ लाख ११ हजार ६३०, शसर्तमा रु. १६ करोड १३ लाख र विशेष अनुदानमा रु १ करोड ५० लाख गरी जम्मारु.४०,३०,११,६३०÷–प्राप्त भएको छ । त्यस्तै प्रदेश सरकारवाट समानिकरण अनुदान तर्फ रु.१ करोड २ लाख २७ हजार,राजस्व वाँडफाँडवाट रु.१ करोड ४० लाख ९४ हजार, सशर्त अनुदान रु.३ करोड ६९ लाख ७० हजार र समपुरक अनुदानमा रु.२ करोड ९८ लाख ४० हजार गरी कुल रु.९,११,३१,०००÷–रहेको छ । आन्तरीक राजस्वावाट व्यवशायीक कर, सेवा शुल्क र दस्तुरको माध्यमवाट रु.१३ करोड ३६ लाख ७५ हजार, जिल्ला समन्वय समितिवाट रु.२ करोड, ऋःम्ए(सहकारी वजार विकास कार्यक्रम) वाट रु.९ लाख ५० हजार,प्रदेश सरकारबाट प्राप्त पहिरो रोकथाम तथा नियन्त्रणको लागि प्राप्त अनुदान रु २० लाख, सामाजिक सुरक्षाका लागि रु.६ करोड र यस वर्ष खर्च हुन नसकी संचित कोषमा वाँकी रहने अनुमान गरिएको रु.६ करोड ५४ लाख ९३ हजार ४ सय २५ गरी कुल जम्मा रु. ७७करोड ६३ लाख ६१ हजार ५५ को आय अनुमान गरेको छु । यसमा अन्य मन्त्रालयगत रुपमा प्राप्त हुने सुनिश्चित नभएको र पटके रुपमा प्राप्त हुने रकम तथा गैर सरकारी संस्थाहरुवाट यस गाउँपालिकामा खर्च गरिने रकम समावेश गरेको छैन ।
सभाध्यक्ष महोदय,
स्थानीय सरकारका रुपमा निर्वाचित जनप्रतिनिधिहरुले कामको थालनी गरेको ३ वर्षको अवधिमा धेरै मापन योग्य र जनताले अनुभूती हुने गरी काम गर्ने यस अवधिमा विश्वमा फैलिएको कोरोना रोगको संक्रमणवाट आम नागरिकको मानसपटलमा डर र त्रासको भावना फैलिएको छ भने अर्को तर्फ कैयन युवा व्यवसायीहरुको रोजगारी गुमी गाउँघरमा वस्न वाध्य भएको अवस्था छ यसले गर्दा एकातर्फ भएको रोजगारी गुमेर वेरोगारको संख्या बड्दो छ भने अर्को तर्फ वाजो जमिन रहि उत्पादन वढाउन सकिएको अवस्था छैन । यस्तो अवस्थामा वाँजो जमिनको प्रयोग गरी कृषि उत्पादनमा वृद्धि, रोजगारी सृजना जनताको जीउधनको सुरक्षा, सन्तुलित र समावेशी विकास, सामाजिक न्याय, साना तथा मझौला उद्योगको स्थापना र संचालन जस्ता विषयमा जनप्रतिनिधिसँग जनताको जनअपेक्षा ठूलो रहेको छ । जनताका यीनै अपेक्षाहरुको सम्बोधन स्वीकृत नीति तथा कार्यक्रमका आधारमा शिक्षा, स्वास्थ्य, खानेपानी विकासका पूर्वाधार, आधुनीक कृषि प्रणाली समुन्नत गजुरीको आधार भन्ने लक्षका साथ तयार गरिएको यो बजेटको उद्देश्य तथा प्राथमिकता निम्नानुसार प्रस्तुत गरेको छु ।
– स्थानीय सरकार मेरो सरकार भन्ने प्रत्याभूतीनागरिकहरुलाई गराउनु ।
– समृद्धि र सुखि गजुरीको नारा काम र प्रतिफलका आधारमा देखाउनु ।
– गरीवि र वेरोजगार कम गर्नु ।
– राजनैतिक परिवर्तन, संघीयता र स्थानीय सरकारलाई संस्थागत गर्नु
बजेटका प्राथमिकताहरु

उल्लेखित उद्देश्य हालि गर्न बजेटका प्राथमिकता देहाय अनुसार निर्धारण गरिएको छ।
- कोरोना भाईरसवाट पर्न गएको असरलाई कम गरी जनतालाई स्वस्थ राख्न स्वास्थ्य क्षेत्रमा विशेष जोड गर्ने
- कोभिडका कारण सम्पन्न हुन नसकेका ठुला अधुरा योजनाहरु सम्पन्न गर्ने ।
- वडा केन्द्र जोड्न सडकलाई सर्वेयाम सडकको रुपमा विकास गर्ने र ग्रामीण सडकहरुको स्तरोन्नती गर्ने
- सिचाई योजना संचालन गरी कृषिमा टेवा पुराई उत्पादन वृद्धिमा जोड दिने ।
- बैज्ञानिक र व्यवशायीक कृषि विकासको प्रवद्र्धन गर्ने
- खानेपानी सुविधाको विस्तार र गुणस्तर वनाई सरफाई कार्यक्रम प्रवद्र्धन गर्ने
- आधारभुत स्वास्थ्यमा गुणस्तरीय सेवा प्रदान गर्ने
- सवैका लागि शिक्षामा पहुँच वृद्धि गर्ने
- समावेशी विकासमा जोड दिने
- वालमैत्री स्थानीय शासन घोषणा गर्ने
- न्यायमा सवैको पहँुच पुराउने
- प्रतिफलको समतामुलक वितरण प्रणाली स्थापनामा जोड
- सुशासन र सेवा प्रवाहमा जोड
- पर्यटन विकासका लागि गन्तव्य पहिचान गर्ने

सभाध्यक्ष महोदय,
यस आ.व.२०७७÷७८ मा संचालन गरिने योजना तथा कार्यक्रमहरु अनुसुचीमा समावेश गरेको छु मुख्य योजनाहरु र त्यसमा विनियोजित बजेट प्रश्तुत गर्न चाहन्छु ।
स्वास्थ्य :
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को कारण आम नागरिकको दैनिक जनजीवन र अर्थतन्त्रमा पर्न गएको नकारात्मक असरलाई कम गराइ सहजताका साथ पुनःस्थापना गर्न आम नागरिकको स्वस्थ जीवन र उत्पादनशील कार्यमा हाम्रो ध्यान केन्द्रित गराउनु जरुरी देखिन्छ । यसका लागि स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखि स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार र सेवा विस्तारमा कार्य गर्ने गरी आधारभुत स्वास्थ्य ईकाइ समेतको सेवा शुनिश्चितता गरेको छु । जसको लागि कोरोना रोकथाम र नियन्त्रण शिर्षकमा रु. २० लाख विनियोजन गरेको छु ।

आमा र बच्चाको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखी संस्थागत सुत्केरीलाई प्रोत्साहन तथा सहयोग निरन्तरताको आवश्यक्ता देखिन्छ । जस अन्तर्गत हामीले निर्वाचनको पहिलो बर्ष देखि सुरु गरेका घरमा सुन्य सुत्केरी कार्यक्रम संचालन गर्न गर्भवतीहरुलाई दोहोरो एम्बुलेन्स सेवा, पुर्व सुत्केरी प्रतिक्षा घर संचालन लगायतको खर्चको लागि रु २० लाख रुपैया विनियोजन गरेको छु ।
दलित, चेपाङ र विपन्न समुदायका महिला तथा बालबालिकाहरुलाई लक्षित गरि विगत देखि नै शुरु गरिएको पोषण कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाइ सञ्चालन गरिनेछ । गत आर्थिक वर्षबाट संचालनमा आएका पाँच वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुलाई थप पूर्वाधार र उपकरण तथा दक्ष जनशक्तियुक्त बनाइ नागरिकलाई सेवा प्रवाहको सहज पहुच वर्थिङ सेन्टरको सुविधा समेत विस्तार गर्दै लाने,यस आर्थिक वर्षवाट गजुरी,किराञ्चोक तथा पिंडा स्वास्थ्य चौकीबाट ल्याब सेवा शुरु गराइने व्यवस्था गर्नुका साथै अन्य आवश्यकीय उपकरण तथा औजारहरुको पनि प्रयाप्त उपलबधता लागि आवश्यक रकम रु १२ लाख विनियोजन गरेको छु ।
राज्यको तर्फबाट निःशुल्क प्रदान गर्ने भनी किटान भएका सबै औषधीहरु प्रयाप्त मात्रामा उपलब्ध गराउन आबश्यक रकम रु. २५ लाख विनियोजन गरेको छु ।
आमा र बच्चाको मृत्युदर न्यून गर्न घरमा शून्य सुत्केरी श्भचय ज्यmभ म्भष्खिभचथ कार्यक्रमलाई निरन्तरता दिंदै गर्भवती महिलाहरुलाई प्रदान गर्दै आएको दोहोरो एम्बुलेन्स सेवालाई कायम राख्ने व्यवस्था मिलाएको छु साथै यस कार्यक्रम अन्तर्गतको पूर्व सुत्केरी प्रतिक्षा घरको ९ःबतभचलष्तथ ध्बष्तष्लन ज्यmभ० यस गजुरी प्राथमिक स्वास्थ्य केन्द्रको नाममा रहेको गजुरी स्थित २ रोपनी जग्गामा निर्माण गर्न संघीय सरकारको विशेष अनुदानबाट प्राप्त रु. ५० लाख को व्यवस्था गरेको छु ।
गजुरी गाँँउपालिकाका कुनै पनि विरामी नागरिकहरुले रगत नपाएका कारण ज्यान गुमाउन नपरोस भन्नका लागि रेडक्रस धादिङसँग समन्वय गरेर निःशुल्क रगतको व्यवस्था गर्ने विशेष कार्यक्रम संचालनमा ल्याइएकोमा यसको सेवा उपयोग गरी रगत किन्दाको वीलका आधारमा गजुरी वासिलाई उक्त रकम फिर्ता दिन रु. ५ लाख विनियोजन गरेको छुु ।
प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा संचालनमा ल्याइएको शव व्यवस्थापनको आवश्यक पूर्वाधार तथा उपकरणको व्यवस्थापनलाई थप व्यवस्थित गराइदै शव वाहनको व्यवस्थाका लागि खरिद गर्न आवश्यक रकम रु.१५ लाख विनियोजन गरेको छु ।
नसर्ने रोगको महामारीका कारण हरेक घरमा उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर जस्ता दिर्घ रोगका विरामीहरुको संख्या असामान्य रुपमा बढ्दै गएकाले स्वस्थ गजुरी अभियान कार्यक्रम संचालन गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
प्राथमिक स्वास्थ्य केन्द्र गजुरीको भौतिक, प्राविधिक, जनशक्ति आदिको विकास र विस्तारमा प्राथमिकता दिइ ल्याव र एक्स–रे सेवालाई थप विस्तार गराइनेछ । प्राथमिक स्वास्थ्य केन्द्र गजुरीको भवन निर्माण गर्न मापदण्ड अनुसारको जग्गा अभाव भएको र जग्गा खरिदको नीति नभएकोले स्थानीय स्तरमा जग्गा प्राप्ति हुन सकेमा सोहि स्थानमा र नभएमा जग्गा प्राप्ति गरी उपयुक्त स्थानमा भवन निर्माण कार्यको थालनी गरिनेछ ।यसका लागि प्रदेश सरकारवाट प्राप्त अनुदानमा रु.१करोड को व्यवस्था गरेको छुु ।
गजुरी आयुर्वेद औषधालयको सेवा विस्तार गरी ग्रामिण भेगसम्मका नागरिकको पहुँचमा आयुर्वेद सेवालाई पु¥याइनेछ । हरेक वडामा योग शिविरको कार्यक्रमहरुलाई प्रभावकारी रुपमा विस्तार गर्दै लगिनेछ । आधुनिक स्वास्थ्य सेवाका साथमा आयुर्वेद र अन्य वैकल्पिक स्वास्थ्य सेवा तथा प्राचिन काल देखि प्रयोग गरिंदै आएको स्वास्थ्य बद्र्धक जडीबुटीहरुको संरक्षण, विकास र प्रयोगमा वृद्धि गराउन आयुर्वेद सेवाको लागि रु. १२ लाखविनियोजन गरेको छु ।
विद्यालयका बालबालिकाहरुको नियमित स्वास्थ्य परीक्षण सहित संघ सरकारको विद्यालय छात्रा स्यानिटरी प्याड वितरण कार्यक्रमसगैँ सबै माध्यमिक विद्यालयहरुमा भेन्डिङ मेसिन र स्यानिटरी प्याड डिस्पोजल मेसिनको व्यवस्था मिलाइ अझ प्रभावकारी बनाइ महिनावारी स्वच्छता कार्यक्रम संचालन गराउन संघीय सरकारको शर्शत अनुदानका रुपामा प्राप्त रु. २० लाख बजेटको व्यवस्था मिलाएको छु ।
“स्वास्थ्य संस्थामा सरकार कार्यक्रम” को माध्यमबाट आवश्यकता अनुरुप गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा सहितको शिविर संचालनमा ल्याइनेछ यसका लागि आवश्यक रकम रु ६ लाख विनियोजन गरेको छु ।
वालमैत्री स्थानीय शासनका सूचकका आधारमा शिक्षा, स्वास्थ्य, महिला वालवालिका सवैको समन्वयमा लगानी योजना तयार गरी घोषणा गर्ने व्यवस्था मिलाउन रु. ५० लाख रकम विनियोजन गरेको छु ।
आँखा स्वास्थ्यलाई मध्येनजर गरी गत वर्ष देखि सेवा संचालन भएको ग्रामिण आँखा केन्द्र गजुरीलाई यस वर्षबाट थप व्यवस्थापन सहित प्रभावकारी रुपमा विस्तार गर्न रु. ३ लाख विनियोजन गरेको छु । यसरी समग्र स्वास्थ्य क्षेत्रमा शर्शत तथा निशर्त गरी जम्मा रकम रु. ३ करोड ५१ लाख विनियोजन गरेको छु ।
कृषि तर्फः
किसान दाजु भाइ तथा दिदी बहिनीहरुलाई निर्वाहमुखी खेती प्रणालीबाट व्यावसायिक कृषि प्रणाली तर्फ उन्मुख गराउन, कृषि पेशालाई एकिकृत र व्यावसायिक तथा यान्त्रीकरण गर्न आवश्यकरकम विनियोजन गरेको छु ।
व्यावसायिक कृषि पेशामा जान चाहने व्यक्ति वा फर्मको लागि आवश्यक ज्ञान, सीप र तालिमको व्यवस्था गरी स्थानीय रुपमा गाउँ घरमा उत्पादित विभिन्न घरेलु उत्पादन ( मह, घिउ, गुन्दु्रक, हस्तकलाका सामानहरु) हरु संकलन गरी कोसेली घरको माध्यमबाट विक्री वितरण गरी प्रचार प्रसारको कार्यक्रम संचालन गर्न रु.५ लाख विनियोजन गरेको छु ।
व्यवसायिक कृषिका लागि प्राविधिक विनाको कृषि परम्परागत र निर्वाहमुखि मात्र हुने भएकोले आधुनिकता र व्यवसायिक वनाउन एक वडा एक कृषि तथा पशु प्राविधिकको व्यवस्था गर्न संघीय कृषि तथा पशुपंक्षि विकास मन्त्रालय तथा प्रदेश मन्त्रालयको साझेदारीमा व्यवस्था गर्ने गरी रकम विनियोजन गरेको छु ।
कृषि उत्पादनलाई समयमा नै बजारीकरण गर्न “कृषकको उत्पादन सरकारको साथ, उपभोक्ताको पैसा कृषकको हात” भन्ने नाराको साथ सहकारीहरुलाई परिचालन गरि सी.एम.डी.पी.९ऋःम्ए० परियोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स संचालनमा ल्याउन रु ५ लाख विनियोजन गरेको छु ।

कुनै पनि विपदको समयमा गाउँपालिकाभित्रका नागरिकको चुल्हो निभ्न नदिन गाउँपालिकाको फूड बैंकलाई उचित व्यवस्थापन र अझ प्रभावकारी तरिकाले निरन्तर संचालनमा राखिनेछ । गाउँपालिका भित्र उत्पादन भै मूल्य तथा बजार नपाएका धान, मकै, गहुँ, कोदो, फापर, आलु जस्ता छिटो नविग्रने खाद्यान्नलाई गाउँपालिकाको फूड बैंक मार्फत भण्डारणको व्यवस्था गरि खाद्यान्नमा आत्म निर्भर गाउँपालिका बनाउन विपद व्यवस्थापन कोषमा यथोचित रकम विनियोजन गरेको छु ।
यि सबै कार्य संचालनका लागि यस आ.व.मा शर्सत तर्फ रु ५३ लाख र आन्तरीक तर्फ रु ८००००००। गरि कुल १ करोड ४३ लाख रकम बिनियोजन गरेको छु ।


पशु सेवा तर्फ:
पशुपालक किसानहरुलाई व्यवसायिक रुपमा लाग्न प्रोत्साहन गर्नका लागि स्थलगत रुपमा पशु प्राविधिक खटाई पशुजन्य तालिम दिई दुधमा आत्मानिर्भर वनाउनका लागि गाई भैसी पालनमा प्रोत्साहन गर्न कृषकको घरमा सुत्केरी भएको गाई भैसी स्याहारका लागि आर्थिक वर्ष २०७६÷७७ को कार्यक्रम निरन्तरताका लागि रु ३५ लाख विनियोजन गरेको छु ।
माछा, मासुमा आत्मनिर्भर गाउँपालिका बनाइ आयात प्रतिस्थापनमा जोड दिन ग्रामिण भेगमा लोकल कुखुरा पालनलाई व्यावसायिक रुपमा अघि बढाउन प्रोत्साहन गर्न तथा वाख्रा तथा बंगुर पालक किसानलाई आवश्यक तालिम र टेवा सहयोग गर्नका लागि पशुआहार तथा पशु उत्पादन कार्यक्रमकोलागि आवश्यक सहयोगका लागि रकम रु १० लाख विनियोजन गरेको छु ।
सहकारी तर्फ:
आवश्यक तालिम तथा ज्ञानको कमीका कारण सहकारीहरु संचालन नभएको अवस्थामा पाईएका र प्रभावकारी रुपमा संचालनमा आउनका लागि चाहना गर्ने सहकारीहरुलाई सूचना प्रविधि मैत्री वनाउन कोपोमीस तालिम तथा लेखा व्यवस्थापन तालिम संचालन गर्न, सहकारीमा दर्ता भै गाउँपालिका भित्र संचालनमा रहेका तथा निश्क्रिय भई रहेका सबै सहकारीहरुलाई नियमन गरी सहकारीहरुलाई आवश्यक जनशक्ति उत्पादन तथा व्यवस्थापनमा उचित ध्यान दिइने र उनीहरुकै सहभागीतामा निश्क्रिय रहेका हरुको वास्तविक समस्या पत्ता लगाई समाधानका लागि नियमित अनुगमन र समिक्षा गर्न र सहकारी संचालन गतिविधीहरुको अनुगमन निरिक्षण गर्न एकमुष्ट रु ५ लाख ५० हजार विनियोजन गरेको छु ।
गाँउपालिकाभित्रका सम्पूर्ण व्युटि पार्लर संचालक र अन्य युवा समेतलाई पुरुष हेयर कटिङ्ग तालिम दिइ हाम्रै जनशक्तिको परिचालन गर्न आवश्यक रकम रु. १ लाख ५० हजार विनियोजन गरेको छु ।

पर्यटन तर्फ
वडा नं. २ र ३ को सिमानामा रहेको तुँदी झरना र वडा नं. ६ र ५ को सिमानामा रहेकोे मयुर झरनालाई विकास तथा प्रचार प्रसारको लागि आवश्यक रकम विनियोजन गरेको छु ।
रामबहादुर पण्डित स्मृति पार्कको विकास र विस्तारको लागि रु २५ लाख र पुष्पलाल स्मृती पार्कको लागि रु २५ लाख विनियोजन गरेको छु ।
शिक्षा तर्फ:
विद्यालयको भौतिक संरचना भन्दा पनि शैक्षिक सामाग्रीको प्रयाप्तता र आवश्यकता परिपूर्ति हुने गरी शिक्षक दरबन्दी पूर्ण गराउन विगतका विभिन्न तहका स्वयम सेवक शिक्षकलाई निरन्तरता दिएको छ ।साथै चेपाङ छात्राबास संचालनको निरन्तरताको लागि रु. ७ लाख विनियोजन गरेको छु ।

विद्यालयको शिक्षाको गुणस्तर वृद्धिका लागि शैक्षिक क्यालेनण्डर निर्माण गरी पढाईलाई निरन्तरता दिने, शिक्षकको स्वमुल्यांकन गरी समिक्षा गर्ने, माध्यमिक विद्यालयलाई सुचना मैत्री वनाउदैजानका लागि स्मार्टवोर्ड तथा ईन्टरनेटको व्यवस्था गर्ने, विद्यार्थि लगवुकको प्रयोग गरी शिक्षकको मुल्यांकन गर्ने, कक्षा एक र २ मा आगामी शैक्षिक वर्ष २०७८ मा लागु गर्ने गरी स्थानीय पाठ्यक्रम तयार गर्ने, कक्षा ८ को परिक्षा पालिकास्तरवाट संचालन गरी विद्यालयको मुल्यांकन गर्ने, अविभावक नभएका वच्चाहरुका लागि आवशिय व्यवस्था गरी पढाईमा टेवादिने, विद्यालय स्तरमा खेलकुद तथा अतिरिक्त क्रियाकलाप गरी प्रतिभाहरुको खोजि गर्ने, विद्यालय भर्ना अभियान संचालन गरी कुनै पनि स्कुल जाने उमेरका वालवालिका वाहिर नरहेको शुनिश्चितता गर्ने, पििलका भित्रका सवै सामुदायिक विाद्यालयहरुको त्रेमासिक परीक्षाको प्रश्नपत्र छपाई तथा मसलन्द र व्यवस्थापन खर्च विद्यार्थिवाट उठाउदा नकरात्मक असर परेकोले सो परिक्षाका नाममा कुनै पनि शुल्क उठाउन नपाउने व्यवस्थाका लागि पश्नपत्र छपाई तथा मसलन्द शिर्षकमा समेत रकमको व्यवस्था गरी शशर्त वाहेक शिक्षा क्षेत्रमा उक्त सम्पूर्ण कार्यका लागि रु २ करोड७ लाख ७१ हजार विनियोजन गरेको छु ।गजुरी गाउँपालिकाको शैक्षिक प्रतिकको रुपमा रहेको आदर्श बहुमुखी क्याम्पसलाई थप व्यवस्थित गराइ सञ्चालन गर्न आवश्यक रकम यसै भित्र व्यवस्था गरेको छु ।
उक्त क्याम्पसलाई दक्ष जनशक्ति उत्पादनको मुख्य थलोको रुपमा विकास गर्न आवश्यक सबै कदम अघि बढाइ आदर्श बहुमुखी क्याम्पस गजुरीमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने नियमित तर्फका गरीब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरु मध्ये ४ जनालाई छात्रवृत्तिको व्यवस्था मिलाएको छु । यसरी छात्रावृत्तिमा अध्ययन गर्ने विद्यार्थिले यसका लागि रु ५० हजार विनियोजन गरेको छु ।
आफ्नो अध्ययनको अवधि पश्चात कम्तिमा दुई वर्ष न्यूनतम पारिश्रमिकमा गाउँपालिकाभित्र सेवा गर्ने शर्तमा दुई जना विद्यार्थीलाई प्राविधिक शिक्षा प्रदान गर्ने गाउँपालिकाको नीति बमोजिम उक्त विद्यार्थिलाई लगानी गर्न रु १ लाख विनियोजन गरेको छु ।
बालबालिकाहरुमा रहेको अन्तरनिहित प्रतिभा र क्षमता प्रस्फुटन गराउन उनीहरुमा स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट खेलकुद तथा अन्य रचनात्मक अतिरिक्त क्रियाकलापहरुसंचालन गर्न रु ३ लाखविनियोजन गरेको छु ।
विद्यालयहरुमा विद्यार्थी र शिक्षकको अनुपस्थितिको दर घटाउन शैक्षिक क्यालेण्डर तथा विद्यार्थि लगवुगको व्यवस्था मिलाएको छु ।
खानेपानी तथा सरसफाई तर्फः
खानेपानी साझेदारीमा संचालन गर्न सम्झौता भै कार्य अघि बढाइएका सबै खानेपानी योजनाहरुलाई निरन्तरता दिन, यस अघि खानेपानीमा उल्लेख्य काम गर्न नसकेको वडा नम्बर ७ र ८ मा खानेपानीको योजना निर्माण गर्न, मलेखु बजार खानेपानी सम्पन्न गर्न, पानीका सबै मुहान तथा श्रोतहरुको संरक्षण गनर्, खानेपानीको मुहान अभाव भएका टोल वस्तीहरुमा डिपवोरिङ वा लिफ्ट प्रविधिबाट भए पनि खानेपानी उपलब्ध गराउनका लागि एकमुष्ट रुपमा रु १ करोड ५० लाख विनियोजन गरेको छु ।
“मेरो घर आँगन मै सफा राख्छु” कार्यक्रमलाई निरन्तरता दिई गठन भएका सबै टोल सुधार समितिहरुलाई अद्यावधि गराइ बजार, टोल, बस्ती, गाउँघर सफाइ अभियानलाई तिव्रता दिइनेछ । पूर्ण सरसफाइयुक्त गाउँपालिका निर्माण गर्न आवश्यक सबै पक्षको विकास गरी यसै आर्थिक वर्षमा थप कार्य अघि बढाइनेछ । फोहोर व्यवस्थापन कार्यलाई सफल बनाउन “फोहोरमा नै छ मोहोर” भन्ने नाराका साथ सार्वजनिक तथा निजी साझेदारी कार्यक्रम मार्फत फोहोर व्यवस्थापन कार्यक्रमको तय गर्न यसै वर्ष संघीय सरकारको विशेष अनुदानबाट प्राप्त रकम रु.५० लाख व्यवस्था गरेको छु ।
रोजगारी तर्फ:
कोरोना भाइरसको कारण गाउँ फर्केका युवा गाउँमै टिकाउनको लागि नेपाल भिजन, २०४० ले सम्पतीको रुपमा निर्दिष्ट गरेको हामीसँग भएको अस्ठ “ज” –जल, जमिन, जडिबुटि, जनशक्ति, जराजुरी, जंगल, जनावर र जलबायु)को अधिकतम प्रयोग गरि युवालाई परिचालन गरि युवाको आय आर्जन बृद्धि गर्ने कार्यक्रम संचालन गर्न ६० जना युवालाई (५० प्रतिशत महिला सहित) थप १ जना लाई रोजगारी दिने शर्तमा निजको व्यवसायमा रु. ५लाख बराबरको व्याज सहुलियत उपलब्ध गराउन ६० जना उद्यमी ६० युवा रोजगार कार्यक्रमको लागि आबश्यक रकम विनीयोाजन गर्ने व्यवस्था मिलाएको छु ।
वडामा स्थापना गरिएको मेलमिलाप केन्द्रलाई थप व्यवस्थित गर्दै यसै बर्ष प्रत्येक मेलमिलाप केन्द्रमा थप ३ जनाको दरले सामुदायिक मेलमिलाप कर्ता र प्रत्यक वडामा १ जनाको दरले मनोसामाजिक परामर्शदाता उत्पादन गर्न को लागिआवश्यक रकम विनियोजन गर्ने व्यवस्था मिलाएको छु ।
जेष्ठ नागरिकहरु इतिहासका पाना भएकोले जेष्ठ नागरिक र बालबालिकाहरु बीच समय समयमा अन्तरक्रिया र अनुभव सुनुवाइको कार्यक्रम ल्याउन एकमुष्ट रु. ९ लाख विनियोजन गरेको छु ।

भाषा धर्म संस्कृति:
विभिन्न जात जातिहरुको लोपोन्मुख भाषा, धर्म र सस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने नीतिलाई निरन्तर राखी मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिद सबैको मर्मत सुधार गरि संरक्षण तथा सम्वद्र्धन गरिनेछ । परम्परागत धार्मिक तथा मौलिक संस्कृतिको जगेर्ना गरिनेछ । गजुरी गाउँपालिका भित्र रहेको धार्मिक ऐतिहाँसिकता बोकेको कंकालिनी, पिण्डेश्वरी र लामाचिरा मन्दिरको विकास, संरक्षण, सम्वद्र्धन गर्दै गन्तव्य स्थलको रुपमा विकास गरी ती मन्दिरहरुको नाममा रहेको गुठीको जग्गा खोजी गरी सनातन देखि चलि आएको पूजा आजालाई थप व्यवस्थित गरी नियमित गराइनेछ । मरणघाट, चिहान तथा किरिया घरहरुको निर्माण र व्यवस्थापनको लागि सबै वडामा आवश्यक रकम विनीयोजन गरेको छु ।
पूर्वाधार तर्फः
रु. १५ लाख भन्दा माथिका योजनाहरुलाई ठेक्का मार्फत गराइने निती कार्यक्रममा पास भए बमोजिम विशेष गरि पुर्वाधारका निर्माणका पन्ध्र लाख माथिका सबै योजनाहरु ठेक्का मार्फत गर्ने र तोकेको प्राविधिक लागत भन्दा कम मुल्यमा ठेक्का सम्झौता भई बचेको रकम पुन उक्त योजनामा लगाउने व्यवस्था मिलाएको छु ।
सडक:
गाउँपालिका भित्र निर्माण भएका सबै सडकहरुको नक्शांकन, लगत कट्टा तथा सिमा निर्धारण कार्यलाई कार्यान्वयनको चरणमा अघि बढाउने र विस्तृत निर्माण कार्य मुल्यांकनको लागि बजेट विनियोजन गरेको छु । नियमित रुपमा सवारी साधन संचालन हुने गाउँपालिका भित्रका मुख्य मुख्य सडकहरुमा सडक मर्मत कार्यकर्ताको व्यवस्था गरी सडक संचालन कार्यलाई सुचारु गर्न लेन्थ वर्कर राख्ने व्यवस्थाका लागि रु. १० लाख विनियोजन गरेको छु ।
विगतमा धेरै संख्यामा सडकहरु निर्माण भएपनि विस्तृत सर्भे डिजाईन र मापदण्ड विना सडक निर्माण हुँदा सर्वेयाम रुपमा संचालन हुन सकेको छ्रैन । यसले गर्दा हरेक वर्ष भएको लगानीको ठुलो हिस्साको कार्य अनुत्पादन भएको देखिएको हुँदा यस आ.ब.मा यस गाउँपालिका भित्र रहेका हरेक वडाका १÷१ वटा मुख्य सडकहरुलाई डि.पि.आर गर्नका लागि एकमुष्ट रुपमा रु.३० लाख विनियोजन गरेको छु ।
वडा नम्बर ४ को वडा कार्यलय जाने बाटो निर्माणको लागि रु. २५ लाख विनियोजन गरेको छु ।
रुदेश्वर मन्दिर जाने बाटो निर्माण कार्यको लागि रु. २५ लाख विनियोजन र गाँउपालिका हुँदै इलाका प्रहरी कार्यलय जाने बाटोको लागि रु २० लाख विनियोजन गरेको छु ।
घाटबेसी बान्द्रेखोला सडक निर्माण गर्नको लागि रु. १० लाख र साडिखोला बान्द्रेखोला सडक संरक्षणको लागि रु १५ लाख विनियोजन गरेको छु ।
किरान्चोकको लाइभलाइनको रुपमा चिनीने मिलनटार पर्खाले, बरबन्ज्याङ सडक निर्माणको लागि रु. २ करोड ५० लाख विनियोजन गरेको छु ।
गाउँपालिकाको मुख्य सडकहरुलाई यस आ.ब.देखि नयाँ ट्रयाक खोल्ने कार्यलाई निरुत्साहित गरी नाली निर्माण, ग्याविन जाली, ग्राभेल, सडक चौडा गर्ने, कल्भर्ट बनाउने र कालोपत्रे गर्ने जस्ता कार्यमा प्राथमिकता दिई लगानी गर्ने गरी गजुरी रामवजार भदौरे हटिया नाङी सडक खण्डको ३४ सय मिटर वाटो कालोपत्रे गरी यस वर्ष सम्पन्न गर्ने गरी रु. २ करोड ५० लाख विनियोजन गरेको छु । अत्यावश्यक भएको क्षेत्र र गाउँपालिकाको केन्द्रसंग वडाको केन्द्रसंग जोड्ने सडकलाई उच्च प्राथमिकता दिई ठेक्कावाट शुरुवात गरेका सडकको कार्य पुरा गर्ने गरी यस आ.व.का लागि ५ वटा सडकमा रु १ करोड ५७ लाख विनियोजन गरेको छु र बाँकी अन्य सडक निर्माण तथा स्तर उन्नतीको लागि ८ वटै वडामा आवश्यक रकम विनियोजन गरेको छु । समपुरक बाहेकका कुनै पनि योजनामा दोहोरो पन हुन नदिन संघ र प्रदेश सरकारसँग समन्वय गर्ने व्यवस्था मिलाएको छु ।गाउँपालिका भित्र निर्माण भएका सबै सडक तथा आयोजनाहरुलाई जि.आइ.एस. प्रणालीमा एकिकृत गरि सडक निर्माण कार्यलाई वातावरणमैत्री र हरेक योजनाहरुलाई प्रविधियुक्त रुपमा अनुगमन तथा मूल्यांकन पद्दतिमा जोड्न सुचना तथा प्रविधीको शिर्षकमा रु. ७ लाख विनियोजन गरेको छु ।

विद्युतीकरण:
विद्युत प्राधिकरणसँगको साझेदारी मा विद्युत प्रसारण लाइन पुग्न बाँकि सबै वडाहरुमा यस वर्ष भित्र विद्युत विस्तार गर्ने, औद्योगिक विकास हुने सम्भावित क्षेत्रमा र बाक्लो वस्ती भएका क्षेत्रमा विद्युतको क्षमतामा वृद्धि गर्ने, काठेपोल तथा नाङ्गो तारको विस्थापनमा जोड दिइ फलामे पोल तथा ए.वि.सी. तारको व्यवस्था सहित विद्युत सेवालाई सुरक्षित बनाउन रु. ८० लाख विनियोजन गरेको छु
सिचाई तर्फ:
“खोला छेउछाउको गरा, सबै हराभरा” भन्ने नारालाई चीरस्थायी बनाउन खेती योग्य सबै जमिनहरुमा सिंचाईंको उचित प्रबन्ध गर्न आवश्यक व्यवस्था मिलाउँदै लाने व्यवस्था गरेको छु । सिंचाई आयोजनाहरू छनौट गर्दा गाउ“पालिकाको मुख्य कृषि क्षेत्र समेतलाई मध्यनजर गर्दै छनौट गर्ने र सिफारिस गर्ने नीति लिएको छु , नहर तथा कुलो आदि सिंचाईका पूर्वाधारको निर्माणका लागि ८ ओटै वडामा आवश्यक रकम विनियोजन गरेको छु ।
भवन तर्फः
वडा कार्यालयहरु व्यस्थित गर्न निर्माणधिन वडा कार्यालय भवनको वाँकी कार्य सम्पन्न गरी सेवा प्रभावलाई प्रभावकारी र व्यवस्थित गर्नका लागि रु १ करोड २० लाख विनियोजन गरेका छु । बाँकि रहेको वडाहरुको समेत यसै वर्षबाट निर्माण कार्य थालनी गर्ने व्यवस्था मिलाएको छु साथै गाँउपालिका भवन निर्माण गर्न रु. १ करोड विनियोजन गरेको छु ।
यस वर्ष संघीय विशेष अनुदान सहयोगमा निर्माण आरम्भ भएको डोलभञ्ज्याङ मा.वि. छात्रावासलाई यस आ.व.मा सम्पन्न गर्ने गरी कार्य गर्न आवश्यक रकम रु १५ लाख विनियोगन गरेको छु भने आगामी आ.व.मा कार्य प्रारम्भ गर्नका लागि गजुरी प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माणका लागि रु १ करोड, किराञ्चोक मा.वि.को छात्रावास निर्माणका लागि रु.५० लाख, किराञ्चोका स्वास्थ्य चौकी भवन निर्माणका लागि रु.१ करोड रकम विनियोजन गरेको छु ।
संचार तर्फः
संचारमैत्री नीति अख्तियारी गरि गाउँपालिकाका सबै योजना तथा कार्यक्रमहरुलाई संचार मैत्री बनाउन निम्नानुसारको कार्यक्रमको लागि रकम विनियोजन गरेको छु । गाउँपालिकाका सबै गतिविधिहरुलाई संचार जगतसँग जोडिने कार्यक्रमको लागि रु.५ लाख, स्थानीय रेडियो, टेलिभिजन, तथा पत्रपत्रिकाहरुमा गाउँपालिकाको विकास निर्माण तथा सेवा प्रवाहको समाचार र सूचना प्रकाशन एवं प्रचार प्रसारको लागि रु.५ लाखविनियोजन गरेको छु ।
वन वातावरण तर्फ :
वन फडानी, डँढेलो, भू–क्षय आदिलाई नियन्त्रण गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । नर्सरीको स्थापना सहित खाली ठाउँमा वृक्षारोपण गरि वातावरण संरक्षणमा टेवा पु¥याउन, भू–क्षय नियन्त्रणको लागि तटबन्ध, ग्याविन वाल, बायो इन्जिनियरिङ प्रणालीको विकास गर्न रु. २५ लाख विनियोजन गरेको छु ।

सामुदायिक वनहरूमा आय आर्जन हुने खालका फलफूल तथा अन्य बाँस, निगालो आदि जस्ता उपयोगी विरूवा लगाउन र प्रत्यक वडाको कम्तिमा एउटा सामुदाायिक वन तथा पहाडको टापुमा पिक्नीक स्थल निर्माण कार्यमा ध्यान दिँदै वापाचुली भ्युटावर निर्माण गर्न रु. १५ लाख विनियोजन गरेको छु ।
विपद् व्यवस्थापन तर्फ:
विपद् व्यवस्थापन केन्द्रको स्थापनाको लागि रु. १० लाख विनियोजन गरेको छु । । आकस्मिक विपद्मा परेका आम नागरिकलाई सहयोग गर्न विपद् व्यवस्थापन कोष स्थापना गरि वडा स्तरमै तत्काल राहत तथा सहयोग पु¥याउन वडा विपद् व्यवस्थापन समितिलाई रकम उपलब्ध गराउन आवश्यक रकम विनियोजन गरेको छु ।
सामाजिक सुरक्षा तर्फ:
राज्यको ठुलो खर्चको रुपमा रहेको सामाजिक सुरक्षा भत्तालाई सवैले विश्वास गर्न सक्ने र पारदर्शिता कायम गर्नका लागि आगामी आर्थिक वर्ष २०७७÷७८ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको बैकमा व्यक्तिगत खाताखोली वैक मार्फत वितरण गर्ने व्यवस्था मिलाउन राष्ट्रिय परिचय पत्र तथा पंजिकरण विभाग रहेको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुद्ढीकरण आयोजनाको सहयोगमा आवश्यक व्यवस्था मिलाउँदै सामाजिक सुरक्षा भत्ताका लागि विनियोजित ६ करोड रकम विनियोजन गरेको छु ।
सुशासन र सेवा प्रवाह तर्फ ः
उत्कृष्ट वर्ष कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, कृषि समूह, सहकारी, सामुदायिक वन समूह आदिको घोषणा गरि सम्मान र पुरस्कृत गर्ने कार्यको थालनी गर्न रु. ५ लाख विनियोजन गरेको छु ।
एक वडा एक सार्वजनिक सुनुवाई गरि गाउँपालिका स्तरमा सार्वजनिक सुनुवाई तथा सेवाको गुणस्तर मापन कार्यक्रम संचालन गर्नका लागि रु. ४ लाख विनियोजन गरेको छु ।
वडा केन्द्रसम्म शान्ति सुरक्षा व्यवस्थित गर्न प्रहरी साझेदारी कार्यक्रमको लागि आबश्यक रकम विनियोजन गरको छु साथै प्रहरी कार्यलय संरक्षणको लागि रु ८ लाख विनियोजन गरेको छु ।
गाउँपालिका, वडा कार्यालय तथा अन्तरगतका शाखा कार्यालयहरुका गतिविधिहरुको निगरानी तथा पारदर्शिता कायम गर्न सी.सी. क्यामेरा जडान कार्यलाई थप गर्न, मलेखु खोला पुल देखि बेल्खु खोला पुल सम्मको सडक क्षेत्रमा हुने यातायात तथा अन्य घटनाक्रमलाई मध्य नजर गरि सडक निगरानीका लागि जडान गरिएको सि.सि. क्यामेराको व्यवस्थापन तथा गुणस्तरलाई सुरक्षा निकायसँगको समन्वयमा प्रभावकारी वनाउनरु. ५ लाख विनियोजन गरेको छु ।

सूचना प्रविधि तर्फ
सबै वडा कार्यालयहरुबाट अनलाइन घटना दर्ता प्रणाली संचालनको कार्यान्वयन गर्न, सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणाली मार्फत वितरण थालनीको लागि आवश्यक प्रक्रिया यस आर्थिक वर्ष भित्र पूरा गर्न र नयाँ निर्माण गरिने घरको नक्सा पास तथा पुराना निर्माण भईसकेका घरको अभिलेखीकरण विद्युतीय प्रणाली ९भ्द्यएक्० शुरु गर्न रु. ११ लाख ५० हजार. विनियोजन गरेको छु ।
महिला तर्फः
महिला लक्षित सबै कार्यक्रमहरुलाई कार्य विधिको आधारमा लक्षित वर्ग मै पु¥याउने व्यवस्था गरि महिला पुरुषलाई समानान्तर स्वावलम्बी बनाउन आवश्यक कार्यक्रमको व्यवस्था मिलाइनेछ । जसको लागि महिला सञ्जाल आमा समुहहरुको सहकार्यमा संचालन गर्न महिला पुरुष सहसिकाई कार्यक्रमको लागि रु ४ लाख विनियोजन गरेको छु ।
महिलाहरुमा भएका अन्तरनिहित सीप र दक्षतालाई अभिबृद्धि गर्न घरेलु उद्यमशीलतामा पहल गरिनेछ । घरेलु उत्पादन विक्री तथा संकलन गरि महिला सहकारीको साझेदारीमा कोसेली घर सञ्चालन गर्न रु. ५ लाख विनियोजन गरेको छु ।
महिला किसोरीहरुका लागि विशेष कार्यक्रम लगायत लक्षित कार्यक्रमहरु संचालन गर्न, महिलाहरुको जनचेतना अभिवृद्धि गर्न अन्तराष्ट्रिय श्रमिक महिला दिवस, लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान लगायतका दिवशहरु संचालन गर्न । आयआर्जन र सीप विकासका लागि समेत योजना वनाई कार्यक्रम लागु गर्न महिलाहरुको नेतृत्व र निर्णायक भुमिका स्थापित गर्न अभियान संचालन गरिने छ । यस लागि रु ११ लाख विनियोजन गरेको छु ।
सभाध्यक्ष महोदय,
यस आर्थिक बर्ष २०७७÷७८ को लागि कूल रू ७७ करोड ६२ लाख ६१ हजार ५५ को बजेट स्वीकृतका लागि पेश गर्दछु । यस अघि उल्लेख भएका र वडाबाट आएका विषयगत शिर्षकका योजना नामावली र रकम सहित विस्तृत विवरण अनुसूचीहरूमा समावेश गरिएको छ )
कुल आय अनुमान तर्फ
- आन्तरिक आय तर्फ रू १३ करोड ३६ लाख७५ हजार
- नेपाल सरकारवाट प्राप्त हुने शशर्त अनुदान रू १६ करोड १३ लाख
- वित्तीय समानिकारण अनुदान रू. १४करोड ६६ लाख
- गत वर्षको नगद मौज्दात ६ करोड ५४ लाख ९३ हजार ४२५
- राजस्व वाडफाडवाट ८ करोड १ लाख ११ हजार ६३०
-नोपाल सरकार विषेश अनुदान १ करोड ५० लाख
- प्रदेश सरकार वितिय समानिकरण अनुदान १ करोड २ लाख २७ हजार
- प्रदेश सरकार ससर्त अनुदान ३ करोड ६९ लाख ७० हजार
- प्रदेश राजस्व वाडफाडवाट १ करोड ४० लाख ९४ हजार
- प्रदेश समपुक अनुदान २ करोड ९८ लाख ४० हजार
- जि.स.स वाट २ करोड
- ऋःम्ए कार्यक्रम वाट ९ लाख ५० हजार
-  प्रदेश सरकारबाट बाढि पहिरो नियन्त्रण तथा व्यवस्थापन बापत प्राप्त अनुदान २० लाख
- सामाजिक सुरक्षा तर्फ ६ करोड
- जम्मा रू ७७करोड ६२ लाख ६१ हजार ५५ को अनुमानित आम्दानी पेश गरेको छु
कुल व्यय अनुमान तर्फ :
- त्यसै गरी चालु तथा कार्यक्रम खर्च सामाजिक सुरक्षा भक्ता सहित ( आन्तरिकस्रोत ,वितिय समानिकारण र ससर्त समेत ) रू.३९ करोड ७९ लाख ५० हजार
ड्ड पुजीगत खर्च तर्फ रू ३७ करोड ८३लाख ११ हजार ५५विनियोजन गरिएको छ जस अन्तर्गत वडा छनौट भई आउने योजना कार्यन्वयनको लागि प्रत्यक वडाको लागि रु. ८० लाखको दरले रु. ६ करोड ४० लाख रुपैया विनियोजन गरेको छु
ड्ड गरी जम्मा रू ७७करोड ६२ लाख ६१ हजार ५५ को अनुमानित व्यय पेश गरेको छु


सभाध्यक्ष महोदय,
अन्तमा,
प्रस्तुत आय तथा व्ययको विवरण तयार गर्नका लागि कोरोना भाईरसको संक्रमणले गर्दा सवै क्षेत्र र वर्गको प्रत्यक्ष सहाभागिता गर्न कठिनाई भएको अवस्थामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा राय सल्लाह सुझाव दिने यस क्षेत्रकासवै जनप्रतिनिधी साथीहरु, कर्मचारी मित्रहरु, राजनैतिक दलका प्रमुखज्यूहरु, सभाका सदस्यज्यूहरु,सरकारी तथा गैर सरकारी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरु, महिला, वालवालिका, जेष्ठ नागरिक, उद्योग वाणिज्य संघ, निजी क्षेत्रका उद्योगी व्यवसायी, शिक्षक, वुद्धिजीवि, कर्मचारी संचार कर्मी तथा सुरक्षा निकायलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यो योजना तथा कार्यक्रमलाई सफल रुपमा कायान्वयनका लागि सकारात्मक सुझाव रचनात्मक सहयोग तथा समन्वय अपेक्षा गर्दै गजुरी गाँउपालिकाको आ.ब २०७७÷७८ को लागि तयार पारिएको बजेट बक्तव्य यहिँ अन्त्य गर्दछु ।
धन्यवाद ।
सीता ढुंगाना
उपाध्यक्ष
गजुरी गाउँपालिका

 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video