प्रमुख समाचार
Sep 03, 2020
बागलुङमा भिषण बाढी १६ बेपत्ता, एक जनाको सव भेटीयो, ठुलो क्षती भएको आशंका ( ताजा तस्वीर सहित)
काठमाण्डौं । भाद्र १८ । बागलुङ जिल्लामा भिषण बाढी आँउदा १६ जना भन्दा बढी बेपत्ता भएका छन् भने बाढीमा परि हराएका मध्य एक जनाको सव भेटीएको छ । 
गएराती १२ बजे तिर बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९को सुकुर्दुङ खोलामा बाढी आउँदा बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका २५ घर बगेको छ । 
Image may contain: outdoor and nature
बाढी र पहिरोले बागलुङको लाकुरीबोटमा ३ जना, दुनेपधेँरीमा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना सम्पर्कविहीन भएका छन् ।
त्यस्तै बाढीले लाँकुरीबोटका ११ घर, दुनेपधेँरीका ५ घर, घट्टबोटमा ८ घर, भसुन्डेमा १ घर बगेका छन् ।
बाढीका कारण एक दर्जन बढी मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । उनले राति नै घटनास्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिए । 
स्थानीयका अनुसार ढोरपाटन शिकार आरक्षको प्रवेशद्वार मानिने देउराली पहाडबाट पहिरो पनि खसेर गाउँमा क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
Image may contain: one or more people, outdoor and nature
Image may contain: one or more people, people standing, mountain, outdoor, nature and water
Image may contain: mountain, outdoor, nature and water

df
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video