प्रमुख समाचार
Sep 03, 2020
नुवाकोटको थानापतिमा संकास्पद बस्तु भेटीयो, सदरमुकामबाट एसपी सहित प्रहरी पुग्दै
रबिन थपलिया । काठमाण्डौं । भाद्र १८ । नुवाकोटको शिवपुरी गाँउपालीका ८ थानापतिमा संकास्पद बस्तु भेटीएको छ । 
थानापति ८ जनज्ञान क्याम्पस छेउमा रहेको गृहराज कंडेलको घरमा आज बिहान साइकल माथी प्याजको बोरामा संकास्पद बस्तु फेला परेपछि स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए ।
प्याजको रातो बोरा भित्र जाली र कपडा जस्तो बस्तुहरु देखिएको स्थानीयबासी उत्तम थपलियाले बताए । 
साइकलमा के बस्तु छ र किन राखियो भन्ने बारेमा थाहा हुन सकेको छैन् । साइकल खासै गुडन सक्ने अवस्थाको नभएको र घरको आँगनमा अचानक देखिएपछि स्थानीयबासीहरु त्रसीत बनेका छन् ।
स्थानीय छहरे चौकीका प्रहरीहरु पुगेर घटना स्थलमा अहिले नियन्त्रणमा लिएका छन् भने नुवाकोट प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की सहितको टोली सो स्थान तर्फ प्रस्थान गरेको छ । 
एसपी कार्कीका अनुसार घटना स्थलमा देखिएको बस्तु के हो भन्ने बारेमा पहिचान नभएकाले सेनाको टोलीलाई समेत खबर गरिएको छ ।
 
fg
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video