काठमाडौं । प्रथम महिलाको दैनिकी कस्तो हुन्छ रु सधैँ धपेडी, हतार, केही कमजोरी हुन्छ कि भन्ने पिरलो ।
प्रधानमन्त्री केपी ओली पत्नी ९प्रथम महिला० राधिका शाक्यको दैनिकी अक्सर यस्तैमा बित्छ । प्रधानमन्त्रीको यात्रा तारतम्य मिलाउँदै, प्रधानमन्त्रीसँगै हिँड्नु नै पर्छ ।
तर बिहीबार एउटा यस्तो तस्बिर प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको छ कि, उन्मुक्त हासोमा देखिनु भएको छ प्रथम महिला ।
प्रसंग हो, दहचोकस्थित कालुपाण्डेको समाधिस्थलमा शुरु भएको तेस्रो ईन्द्रदह पर्यटन महोत्सव । महोत्सव उद्घाटन गर्न पुग्नु भएका प्रधानमन्त्रीलाई स्थानीयले गुरासको थुंगाले स्वागत गरे ।
प्रधानमन्त्रीले पाउनु भएको फूलको थुंगा पत्नी राधिका शाक्यलाई दिनु भयो र, माहौल एकाएक प्रेमिल भयो । प्रधानमन्त्रीले दिएको गुरासको थुंगा प्रथम महिला राधिका शाक्यले लिइरहँदा फोटो सेसनको माहौल बन्यो । यही तस्बिर प्रधानमन्त्रीकै सचिवालयले नै सार्वजनिक गरेपछि महोत्सवको भन्दा समाचार प्रधानमन्त्रीले फागुनमा लटरम्म फुलेको गुरासको थुंगा पत्नीलाई दिएको तस्बिर ठूलो समाचार बन्यो।
तस्बिरः कृष्ण पौड्याल, प्रधानमन्त्रीको सचिवालय
जनता समाचार