नुवाकोटका सञ्जयले गाए नेपालमै पहिलो पब्जी गित, “पिरतीको पब्जीले”सामाजीक सञ्जालहरुमा चर्चा बटुल्दै
काठमाण्डौं । फागुन १३ । अनलाइन मार्फत युवाहरुले खेल्ने चर्चीत पब्जी खेललाई आधार मानेर नेपालमानै पहिलो पटक निर्माण गरिएको पिरतीको पब्जी म्युजीक भिडियो सार्वजनीक भएको छ ।
नुवाकोट शिवपुरीका युवा गाएक सञ्जय उपमन्यु पाण्डेको स्वर रहेको उक्त म्युजीक भिडियो नुवाकोट शिवपुरी ७ घर भई हाल साउदी अरेबीयामा बस्दै आएका शन्तोष पाण्डे सस्मीतले निर्माण गरेका हुन् ।
पब्जी खेलकै शैलीमा बनाइएको म्युजिक भिडीयोको सूर्य योन्जनले निर्देशन गरेका छन् भने सुनिल परियार र रिता योन्जन म्युजिक भिडियोको फिचर्ड छन् । गितमा डिपी खनालको शव्द, विश्व अधिकारीको सँगीत संयोजन, सपना लम्सालको मेकअफ ,पवन सुस्लिंगको छायाकन÷सम्पादन र ग्रूव्य ब्वाइजको कोरियोग्राफी रहेको छ ।
पव्जी गितको हिजो युट्युव मार्फत सार्वजनीक भएसंगै सामाजीक सञ्जालहरुमा निर्क चर्चा बोटुलीरहेको छ । अनलाइन मार्फत खेलीने पब्जी खेलजस्तै पब्जी गितले पनि युवाहरुको मन जितीरहेको गायक सञ्जय उपमन्यु पाण्डेले बताए । आफुले पहिलो पटक पब्जी खेलको आनन्दको अनुभुतिसंगै त्यस सम्बन्धी गित बनाउने सोच आएको बताँउदै पाण्डेले पब्जी खेलसंगै गितले पनि महत्व पाउने विश्वास व्यक्त गरे ।
के हो पव्जी खेल ?
युवा तथा किशोर–किशोरीमाझ लोकप्रिय बन्दै गएको ‘भर्चुअल’ अनलाइन खेल हो ‘पब्जी । ‘प्लेयर अननोन ब्याटलग्राउन्ड’ अर्थात् छोटकरीमा पब्जी भनिने यो खेल अहिले संसारमा धेरै खेलिने अनलाइन खेलमध्ये एक हो ।