समाज
Jul 04, 2020
सलहबाट मकै बालीमा रु पाँच करोड क्षति
अर्घाखाँची,  असार २० जिल्लामा दश हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलहले नष्ट गरेको छ । छ दिनयतादेखि सलहले खेतबारी नछाडेपछि स्थानीयवासी हैरान भएका छन् । जिल्लाका केही भागमा सलह नियन्त्रणमा आए पनि शीतगङ्गा नगरपालिकामा नियन्त्रणमा आउन सकेको छैन । वडा नम्बर ७ का जलुके, जुवाकोटलगायत क्षेत्रमा नौ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै पूर्ण रुपमा नष्ट भएको वडाध्यक्ष मोहन पन्थीले जानकारी दिनुभयो । । जिल्लाका सबै क्षेत्रमा गरी १० हजार रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै पूूर्णरुपमा र केही भागमा आंशिक क्षति पुग्दा करीब रु पाँच करोड नोक्सान भएको जनाइएको छ । । शीतगङ्गा– १० सिद्धाराको दुम्सीलगायत क्षेत्रमा पनि सलहले मकै बाली पूूर्णरुपमा नष्ट गरेको वडाध्यक्ष हिम्मत पोख्रेलले बताउनुभयो । सन्धिखर्क र भूमिकास्थान नगरपालिका तथा छत्रदेव, मालारानी र पाणिनि गाउँपालिका सबैतिर सलहले क्षति पु¥याएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक निमबहादुर आचार्यले जानकारी दिनुभयो । ---


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video