अर्थतन्त्र/सेयरबजार
Jul 20, 2020
जनताको निक्षेप सङ्कटमा, मौद्रिक नीतिमा धितो मूल्यांकन सम्बन्धमा राष्ट्र बैंकको उदासिनता

नेपाल राष्ट्र बैंकले शुक्रवार मौद्रिक नीति जारी गरेको छ, कोरोना सङ्कट र लकडाउनले थिलोथिलो भएको अर्थतन्त्रलाई माथि उठाउन यस पटकको मौद्रिक नीतिमा के–कस्ता व्यवस्थाहरु गरिएला भन्नेमा नेपालका सबै किसिमका उद्योगी व्यवसायी एवं सरोकारवालाहरु व्यग्र प्रतिक्षामा थिए । बजेटले सम्बोधन गर्न नसकेका कतिपयः कुराहरु मौद्रिक नीतिमा समेटिएलान् भन्ने अपेक्षामा रहेका उद्योगी व्यवसायीहरुले यस मौद्रिक नीति प्रति मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । यससँगै धितो मूल्याङ्कनकर्ताहरुले चाहिँ यस पटकको मौद्रिक नीतिलाई कसरी लिएका छन् भन्ने सम्बन्धमा हामीले यस क्षेत्रमा संलग्न केही व्यक्तिहरुसँग प्रतिक्रिया लिएका थियौं । बैंक तथा वित्तीय संस्थाको धितो मूल्यांकन कार्यमा संलग्न मूल्याङ्कनकर्ताहरुले सञ्चारकर्मीसँगको कुराकानीमा यसपटकको मौद्र्रिक नीति प्रति निकै नै असन्तुष्टि व्यक्त गरेका छन् ।

 

कोभिड–१९ को कारण संसार आक्रान्त बनेको, बजार शून्यप्रायः रहेको, मानिसका आम्दानीका आम्दानीका स्रोतहरु गुमेको र खर्च गर्ने क्षमता अर्थात क्रयशक्ति समेत घटेको अवस्थामा यसको प्रत्यक्ष असर धितो मूल्याङ्कन क्षेत्रलाई पनि अवश्य पर्ने धितो मूल्याङ्कनकर्ताहरुको विष्लेषण छ ।

धितो मूल्याङ्कनकर्ताहरुको संगठन नेपाल भ्यालुयर्स एसोसिएसनले गरेको अध्ययन अनुसार यतिबेला संसारभर नै घरजग्गाको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल पनि यसबाट अछुतो छैन । नेपालमा पनि आज सम्मको स्थितिलाई हेर्दा खरिदको सङ्ख्या भन्दा विक्रीमा राख्ने घरजग्गाको सङ्ख्यामा अकस्मात् उल्लेखनीय वृद्धि भएको देखिन्छ । साथै धितो रोक्का राखी ऋण लिनेहरुको सङ्ख्या यसै असार महिनामा नै बर्षभरीकै उच्च रहेको समेत देखिन्छ । जुन लामो समयको लकडाउन पश्चात् बजार खुल्ला बन्दै गरेको महिना समेत हो ।

नेपालमा बैंक तथा वित्तीय संस्थाले जनताका घर एवं जग्गा लगायतका स्थिर सम्पत्ति धितो सुरक्षण बापत लिई सोहीबमोजिम ऋण प्रवाह गर्ने कार्य गर्दै आएका छन् । साथै उक्त धितोको मूल्याङ्कन कार्य मूल्याङ्कनकर्ताहरुले गर्दै आएका छन् ।

पछिल्ला बर्षहरुमा धितो मूल्याङ्कनको आकार बढ्दै गएको छ । पछिल्ला बर्षहरुमा यसको आकार बार्षिक करिब ३५ खर्ब बराबर पुगेको तथ्याङ्क नेपाल राष्ट्र बैंकसँग छ ।

अर्थतन्त्रलाई चलायमान बनाउने र यति ठूलो रकमको धितो मूल्याङ्कन कार्यलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन पहल नहुनु र हालसम्म मूल्याङ्कन कार्य गर्ने अवस्थालाई सहज बनाउन गाइडलाइन समेत नबनाइनु अत्यन्तै लज्जास्पद र निन्दनीय समेत रहेको नेपाल भ्यालुयर्स एसोसिएसनका अध्यक्ष ई. ऋषि कोइराला बताउनुहुन्छ । साथै यस्तो अवस्थामा लाखौं जनताको निक्षेप सुरक्षित समेत हुन सक्ने अवस्था नभएको समेत उहाँको विष्लेषण छ ।

नेपाल भ्यालुयर्स एसोसिएसनका सचिव ई. दिनेश कुमार पाठकका अनुसार अहिले सम्मको मूल्याङ्कन कार्यको लागि कुनै प्रकारको कानुनको निर्माण नहुनुमा राज्यको उदासिनता पुष्टि हुन्छ ।

साथै मूल्याङ्कन कार्यको लागि कार्यविधि निर्माण गर्ने भन्ने व्यवस्था नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७४÷७५ को मौद्रिक नीतिमार्फत गरेपनि अहिले सम्म मूल्याङ्कन कार्यको लागि कार्यविधि निर्माण कार्य सम्पन्न हुन नसक्नु र त्यस कार्य तदरुकता समेत नदेखाउनुमा कतै नियमनकारी निकाय नै स्वार्थ सिद्ध जमातको लागि मात्रै भलाई हुने बाटोमा त हिँडेको छैन भन्ने आशङ्का समेत पैदा मूल्याङ्कनकर्ताहरुले गर्नुपर्ने अवस्था सृजना भएको बताउनुहुन्छ ।

नेपाली धितो मूल्यांकनकर्ताहरु नेपाल राष्ट्र बैंकले स्पष्ट नीति र कार्यविधि ल्याई पेशागत व्यावसायिकताको लागि काम नगर्दा ‘धमिलो खोलामा माछा पार्ने प्रवृत्ति’ कायम रहँदै आएको र यसबाट सबैभन्दा बढी समस्या धितो मूल्यांकनकर्ताहरुलाई नै सृजना भएको बताउँछन् । बर्षेनी बैंकहरुले मूल्याङ्कनकर्तालाई गलत देखाई कानुनी कारबाही गरिने स्थिति यही स्पष्ट कार्यविधिकै अभावले सृजना भएकोले अहिले राम्रो मनसायले नै मूल्यांकनकर्ताले काम गर्दागर्दै पनि सदैव त्रासमा रहनुपर्ने अवस्था छ ।

असार ११ देखि धितो मूल्यांकन कार्य सुचारुः
 लामो समयको लकडाउन पश्चात् असार ११ देखि धितो मूल्याङ्कन कार्य सुचारु गरेको समेत नेपाल भ्यालुयर्स एसोसिएसनले जनाएको छ ।

साथै धिताे मूल्यांकन एवं पुनर्मूल्याङ्कनमा लकडाउन अगाडिकाे बजार मूल्यकाे तुलनामा न्यूनतम २० प्रतिशत मूल्य घटाइ वा अन्तर्राष्ट्रिय मूल्यांकन विधिकाे तालिम प्राप्त सदस्यले Income Approach   अनुसार Disclaimer  राखेर धितो मूल्यांकन गर्न समेत एसोसिएसनले सदस्यहरुलाई आग्रह गरेको छ ।

आर्थिक क्षेत्रलाई चलायमान र सुदृढ बनाउनुपर्ने आवश्यकता महसुस गरी एसोसिएसनले सबै सदस्यहरुलाई मूल्यांकन कार्य सुचारु गर्नको लागि विज्ञप्ति मार्फत आग्रह गरेको हो । setoghar 

 

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video