समाज
Jul 23, 2020
सुन तोलाको ५०० ले बढ्यो
काठमाडौँ, साउन ८ नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ६५ निर्धारण गरेको छ । बुधबार एकै दिन सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले बढेको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५६० तोकिएको थियो । यस्तै चाँदीको मूल्यपनि प्रतितोला रु १० ले वृद्धि भएर एक हजार १४५ पुगेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video