राजनीति
Aug 13, 2020
वडाध्यक्ष धरौटीमा रिहा
काठमाण्डौं । साउन २९ । ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जन धरौटीमा रिहा हुनुभएको छ । मिर्गौला प्रत्यारोपण गर्दा नाता नै नपर्ने व्यक्तिलाई आफन्त बनाएको आरोपमा प्रहरीले उहाँलाई असार २८ गते नियन्त्रणमा लिएको थियो । 
 
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका प्रमुख मोना सिंहले ललितपुर जिल्ला अदालतको आदेशमा महर्जन आज रु ५० हजार धरौटीमा छुट्नुभएको जानकारी दिनुभयो । प्रहरीले महर्जनसहित अन्य १२ जना व्यक्तिलाई त्यस दिन नियन्त्रणमा लिएको थियो । अन्य थप सातजना भने अझै फरार रहेका सिंहले बताउनुभयो ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video