राजनीति
Aug 18, 2020
नुवाकोटमा काँग्रेस प्रवेशको लहर, आजै मात्र नेकपा र राप्रपा परित्याग गरि ५५ युवा काँग्रेस प्रवेश
काठमाण्डौं । भाद्र २ । नुवाकोटमा नेपाली काँग्रेस प्रवेशको लहरै चलेको छ । दैनिक जसो नुवाकोटमा बिभिन्न पार्टी परित्याग गरि काँग्रेस प्रवेश भईरहेका छन्। आजै मात्र ५५ युवाहरु सत्तारुढ नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
बेल्कोटगढीका पुर्ब एमाले गाउ समिति सदस्य कृष्ण प्रसाद पुडासैनि, जनक नेपाली बेल्कोटगढी, बिदुर नगरपालीका ५मा राप्रपाका बिनोद चित्रकार ,बिकाश चित्रकार तथा पसुपति पुडासैनि, शम्भु कुमाल महेश लामिछाने, अनिल चित्रकार, बिष्णु बहादुर भण्डारी, सुनिल चित्रकार, राजाराम चित्रकार, प्रकाश चित्रकार, सुमन चित्रकार, मिना बरम्, राकेश चित्रकार, बिशाल चित्रकार, बिकास चित्रकार, अरुण चित्रकार सुबर्ण लाल चित्रकार, शंकर चित्रकार, सुरेन्द्र चित्रकार, सुकुमान चित्रकार, राजेन्द्र चित्रकार, शम्शेर लाल चित्रकार, रामकुमार भण्डारी, जनक पारीयार, राजु चित्रकार, रबी चित्रकार, बिष्णु लाल चित्रकार, बिनिता राजभण्डारी, जिबन चित्रकार, राज दाई चित्रकार, सुरेश कुमार कारन्जित, मानकाजी चित्रकार, पबन श्रेष्ठ, दिपक चित्रकार, बिनोद चित्रकार लगायत ५५ जना भन्दा बढि युबाहारु नेपाली काँग्रेसमा प्रवेश नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिब शिव प्रसाद दाहालले बताए ।
नेकपा पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसको रास्ट्रीयता लोकतन्त्र र समाजबादको अनुसरण गर्ने प्रतिबद्धता सहित जिल्ला पार्टी सभापति जगदिश्वर नरसिह केसी ले उनिहरुलाई नेपाली काँग्रेस प्रवेश गराएका हुन् ।
Image may contain: one or more people, tree, grass, plant, child, outdoor and nature
सो अवसरमा सभापति केसीले कम्युनिष्ट सर्वसत्ताबाद उदांगो हुंदै गएकाले अव सो पार्टीमा कार्यकर्ताको भविष्य नभएकोले रुखको छहारीमा आउन आग्रह गरे । 
नेपाली काँग्रेस प्रवेश गरेका उनिहरुले मुलुकको निकास दिन नेपाली काँग्रेस बाहेक अरुपार्टीले नसक्ने बताँउदै अबको निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाएर मुलुकलाई निकास दिन लागी पर्ने बताए । 
Image may contain: 1 person, outdoor
Image may contain: one or more people, people standing and outdoor
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video