समाज
Aug 22, 2020
गन्तव्य नेपालले आगामी वर्षदेखि 'तिज परी' प्रतियोगिता सञ्चालन गर्ने
काठमाण्डौं । भाद्र ६। तिजको अवसर पारी गन्तव्य नेपालले 'तिज परी' कन्टेस्ट घोषणा गरेको छ । आज गन्तव्य नेपाल ग्रुपका अध्यक्षा शिव अधिकारी अविरलले एक वक्तव्य जारी गर्दै आगामी वर्षदेखि बर्सेनि तिजको पूर्वसन्ध्यामा कार्यक्रम गरी प्रतियोगिता मार्फत 'तिज परी'  छनोट गर्ने घोषणा गरेका हुन् । 
अधिकारीका अनुसार यस वर्ष यस वर्ष कोरोना महामारीका कारण प्रतियोगिता सञ्चालन गर्न असहज भएकाले आगामी वर्षदेखि गर्न लागिएको हो । 
'हिन्दु नारीहरुको महान् पर्व हरितालिका तिजको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा तथा दिदिबहिनीको सम्मान स्वरूप र अझै यो माहान् पर्वलाई थप ऊर्जाशील बनाउनका लागि आज तिजकै दिन पारेर तिज परी कार्यक्रम घोषणा गरेको छु,' अधिकारीको वक्तव्यमा भनिएको छ, 'यो ऐतिहासिक प्रतियोगिता कार्यक्रम आगामी वर्षको तिजको पूर्वसन्ध्यामा एक विशाल समारोहका बीच गरिने सम्पूर्ण महिला दिदिबहिनी तथा सबैसबैमा जानकारी गराउँछु ।'
प्रतियोगितामा प्रथम हुने 'तिज परी'ले पुरस्कारमा स्कुटर प्राप्त गर्नेछिन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः ल्यापटप र आइफोन पुरस्कार पाउनेछन् । प्रतियोगीतामा अविवाहित र विवाहित दुवैखाले महिला सहभागी हुन पाउनेछन् । 
प्रतियोगिताको विस्तृत जानकारी केहिदिनमा सार्वजनिक गरिने अधिकारीले बताएका छन् । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video