समाज
Aug 28, 2020
प्रदेश नं २ मा आठको मृत्यु
काठमाण्डौं । भाद्र १२ ।प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ भने १२४ जना नयाँ सङ्क्रमित थपिएका छन् । प्रदेशको समाजिक विकास मन्त्रालयले आज जारी गरेको तथ्याङ्कअनुसार सो अवधिमा बारामा पाँच, पर्सामा दुई र धनुषामा एक  गरी आठ जनाको कोरोनाको कारण मृत्यु भएको हो । प्रदेशमा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ । साथै सोही अवधिमा सप्तरीमा ३२, सिरहामा चार, धनुषामा ३७, महोत्तरीमा ६, सर्लाहीमा तीन, रौंतहटमा ६, बारामा १० र पर्सामा २६ गरी १२४ जना नयाँ सङ्क्रमित थपिएको हो । अब कूल सङ्क्रमितको सङ्ख्या नौं हजार ५५१ पुगेको छ । सोमध्ये आज ५७ जनासमेत गरी चार हजार ४९६ जना उपचार गराएर घर फर्केका छन् ।
 
यसैबीच, यस प्रदेशअन्तर्गत १९६ क्वारेन्टिनस्थलमा ८१२ जना बसेका छन् भने होम क्वारेन्टिनमा दुई हजार ५५४, आइसोलेशनमा एक हजार १२१ र होम आइसोलेशनमा तीन हजार ८६२ जना बसेका छन् ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video